सचिवालय बैठक स्थगित



काठमाडौँ । शनिबारका लागि बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ। गृहकार्य नपुगेको भन्दै बैठक आइतबारका लागि सारिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालय बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने, प्रदेश कमिटीस्तरीय विशेष कमिटी गठन गर्ने र जिम्मेवारी नपाएका केन्द्रीय सदस्यहरूलाई जनसंगठनको इन्चार्ज र सहइन्चार्ज बनाउने प्रस्ताव तयार भएको छ।

सचिवालय बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको वरीयताको विषयलाई समेत एजेन्डा बनाइएको छ।

३२ विभाग र नीति अध्ययन प्रतिष्ठानको प्रमुख–उपप्रमुखको टुंगो लगाइसकेको नेकपाले एकतालाई पूर्णता दिएर भदौमा देशव्यापी अभियान थाल्ने योजना अगाडि सारेको छ।

प्रतिक्रिया दिनुहोस्