नेयमार पीएसजीको टोलीमा फेरि परेनन्



पेरिस, एजेन्सी
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नेयमारलाई लगातार दोस्रो सातामा टिममा सहभागि गराएको छैन । गत साता लिग वानको पहिलो खेलमा निमेसविरुद्धको खेल पनि उनले गुमाएका थिए । ब्राजिली स्ट्राइकरको पूर्व क्लब बार्सिलोनाको प्रस्तावलाई पीएसजीले अहिलेसम्म स्विकार गरेको पनि छैन । यसले उनको भविष्य अझै अन्योलमा परेको छ ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार पूर्ण रुपमा स्वस्थ नभएको भन्दै बताए—आईतबार रेनेजमा हुने खेलका लागि उनी हामीसँग छैनन् । उनी अहिले पनि क्लबमा सर्वाधिक मूल्यवान खेलाडीमध्ये एक बनिरहेका छन् ।

नेयमार पीएसजीमा सर्बाधिक महगो खेलाडीको रुपमा आबद्ध भएका हुन् । सन् २०१७ मा उनलाई बार्सिलोनाबाट फ्रेन्च क्लबमा ल्याउन पीएसजीले २ सय मिलियन पाउन्ड तिरेको थियो । उनले दुई सिजनमा पेरिसका लागि ३४ गोल मात्रै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्