थुनाबाट अभियुक्त फरार प्रकरणः असइ भण्डारी निलम्वित



काठमाडौँ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक अभियुक्त थुनाबाट भागेपछि सो कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकुमार भण्डारी निलम्वनमा परेका छन् ।

अभियुक्त फरार भएको प्रकरणमा दोषी भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक प्रहरी सहायक निरीक्षक ९असई०लाई निलम्बित गरेको छ । बिहीवार जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अभियुक्त सिरहा नगरपालिकाका २० वर्षीय राममणी यादव फरार भएपछि भण्डारी निलम्वनमा परेका हुन् ।

फरार भएको घटनामा असई भण्डारीको लापरबाही देखिएकोले तत्कालै निलम्वन गरिएको प्रहरीले जनाएको छ । अब उक्त घटनाको छानविन गर्न प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर भण्डारीको नेतृत्वमा ५ सदस्य छानविन समिति गठन गरिएको छ ।

सिरहा नगरपालिका घर भई जनकपुरधाम उपमहानगरपालिका ८ बलुवा टोलमा डेरा लिएर बस्दै आएर यादव एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई पुनः पक्राउ गर्न तीव्र रूपमा खोजी भइरहेको छानविन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्