प्रहरीलाई घुस दिँदा नलिएपछि अपशब्द बोल्ने तीन जना पक्राउ



काठमाडौँ ।
अवैध काम गर्छौँ भन्दै प्रहरीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी– ५ बस्ने ४५ वर्षीय शम्भु प्रसाद साह, प्रसौनी– ६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका– १६ बस्ने २४ वर्षीय छोटेलाल पटेल रहेका छन् ।

उनीहरुले अवैध रुपमा कस्टमेटिक तथा कपडा लगायतकासमानहरू भारतबाट नेपाल ल्याउन सहज गरिदिन भन्दै २६ हजार घुस रकम दिन खाजेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रहरी नायव उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले पैसा लिँदैनौ भन्दासमेत अपशब्द प्रयोग गरि उनीहरुले गालीसमेत गरेका थिए ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्