बिहान घाइते भेटिएका युवकको दिउँसो मृत्यु



closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

चिरञ्जीवी मास्के, दोलखा । सदरमुकाम चरिकोट स्थित पानारोमा रिसोर्ट परिसरमा शनिवार विहान घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । शनिवार विहान करिब १० वजेतिर गम्भीर घाइते अवस्थामा पानारोमा रिसोर्ट परिसरमा भेटिएका भीमेश्वर नगरपालिका वडा नं ४ का २० वर्षिय पवन वस्नेतको मृत्यु भएको हो ।

वस्नेतलाई पानोरोमा रिसोर्टका एक कर्मचारीले आज विहान गम्भीर अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई प्रस्तावित चरिकोट अस्पताल पुर्याइएको थियो । तर अस्पतालले उनको मृत्यु भै सकेको जानकारी दिएको प्रहरी नायव उपरीक्षक मान वहादुर राईले बताउनु भयोे ।

मृतकको बाँया हात काटिएको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । कुटपिट र हतियार प्रयोगबाट वस्नेतको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्