जीप दुर्घटनामा परी १ पत्रकारको मृत्यु, ४ घाइते



राजविराज । सप्तरीमा जीप दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका ३ का ३५ वर्षीय पत्रकार डायलसन अधिकारी रहेको प्रहरीले जनाएको छ ।

पत्रकार अधिकारी रेडियो नेपालमा कार्यरत थिए । कञ्चनरुप गाउँपालिकामा भएको उक्त जीप दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा दुर्घटना भएको हो ।

घाइते भएका अन्य चार जनालाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले बताएको छ । अधिकारीसहितको टोली तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि जादैँ थियो ।

प्रतिक्रिया दिनुहोस्