नेप्सेमा गिरावट कायमै



नेपाल समाचारपत्र, काठमाडौं ।

यो साता शेयर बजारका लगानीकर्ताका निम्ति खासै उपलब्धिमुलक रहेन, साताको अधिकांश कारोबार नकारात्मक रहेकाले लगानीकर्ताका निम्ति उपलब्धिमुलक नदेखिएको हो।

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ। यद्यपि, अघिल्लो दिनको तुलनामा थोरै गिरावट आएको छ। यस दिन नेप्सेमा १ दशमलव ८६ अंकले गिरावट हुँदै परिसूचक १२२४ दशमलव शून्य ३ अंकमा झरेको छ।

यस दिन कुल १५९ वटा कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर ४२ करोड ४३ लाख २३ हजार रुपियाँमा कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढी हो। नेप्सेमा यस दिन सबैभन्दा बढी माछापुच्छ«े बैंकको शेयर कारोबार भएको छ। यस बैंकको मात्रै ५ करोड ३७ लाख ८६ रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार समग्र परिसूचकमा गिरावट आएको भए पनि मञ्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै बिहीबार पनि वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।
यस कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि सोही हाराहारीमा गुमाएका छन्। यस दिन बैंकिङ, जलविद्युत््, अन्य, लघुवित्त र सामूहिक लगानी कोष उपसमूहमा गिरावट आएको छ भने बाँकी सबै उपसमूह बढेका छन्।

प्रतिक्रिया दिनुहोस्