के २ वर्षदेखि रोकिएको मुल्य वृद्धि होला त …?



काठमाडौँ । सरकारले दूधको मूल्य बढाउन ८ सदस्यीय मूल्य सिफारिस समिति गठन गरेको छ । बजारमूल्य विश्लेषण गर्न समिति गठन भयो । समिति संयोजक एवं राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार समितिमा कृषि मन्त्रालय, बोर्ड, दुग्ध विकास संस्थान, उद्योगी, व्यवसायीलगायत सबै सरोकारवालाहरू छन् । केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले दूधको मूल्य बढाउन दबाब दिएपछि सरकारले बजार विश्लेषण गर्न समिति गठन गरेको हो । भदौ १ बाटै मूल्य वृद्धि सम्भव नभएको पनि भनाईमा उल्लेख गरिएको छ ।

मूल्य निर्धारण गरेपछि कृषि तथा पशुपन्छी मन्त्रालयमा सिफारिस गर्छ ।दूधको मूल्य वृधिको सन्दर्भमा सबै सरोकारवाला निकायसहित मंगलबार र बुधबार छलफल भएको छ । दुग्ध विकास सस्थानको बोर्ड बैठकले मन्त्रालयलबाट अनुमोदन भएपछि मात्रै मूल्य कार्यान्वयन गर्ने जनाएको छ । दुग्ध सहकारी संघले बजार मूल्य बढेको भएपनि साढे २ वर्षदेखि मूल्य समायोजन नगरेको जनाउँदै भदौ १ गतेदेखि मूल्य बढाउन सरकारलाई दबाब दिएका थिए ।

 

सहकारी संघले प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने माग गरेका छ। दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिएसगैँ कृषि मन्त्रालय मूल्य बढाउन सकारात्मक देखिएको छ ।

 

छलफलमा डेरी उद्योगका केही अधिकारीहरूले भने ६ देखि ८ रुपैयाँसम्म बढाउन सुझाव दिएको सहभागीहरू बताउँछन् । चाडबाडकै बेला मूल्यवृद्धि हुँदा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालयका तर्फबाट सहभागी कर्मचारीहरू पछि हटेका थिए । मंगलबारको बैठकले बजार अध्ययन र विश्लेषण गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

 

पुनः बुधबार बसेको बैठकले कमिटीको सन्दर्भमा मन्त्रालयमा पेस गरेको नेपाल डेरी एसोसिएसनले बताएको छ ।

 

समितिले मूल्य निर्धारणका आधारहरू विश्लेषण गर्ने, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत विश्लेषण भौगोलिक क्षेत्र, कृषक व्यवसायको स्तर आदि, व्यवस्थापकीय खर्च दूध ढुवानी, चिस्यान आदि विश्लेषण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्