मेगा बैंकको नाफा पौने २ अर्ब



नेपाल समाचारपत्र, काठमाडौं
मेगा बैंक नेपालले आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपियाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा ४० करोड १९ लाख रुपियाँ मुनाफा वृद्वि गरेको छ। बैंकले हासिल गरेको यो मुनाफा ३० दशमलव ५१ प्रतिशतको वृद्धि हो। बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको छ।

अघिल्लो वर्षको तुलनामा गत आवमा बैंकको कुल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपियाँ पुगेको छ जुन ३० दशकलव शून्य १ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि अन्य वाणिज्य बैंकहरूमध्ये उच्चतम वृद्धि रहेको छ।

त्यसैगरी खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपियाँ कायम भएको छ जुन २७ दशमलव शून्य ३ प्रतिशतको वृद्धि हो।

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा बैंकले कर्जा तथा ब्याज असुलीमा गरेको प्रभावकारी कार्यबाट निस्क्रिय कर्जाको अनुपातमा उल्लेख्य सुधार ल्याइ उक्त अनुपात शून्य दशमलव ८६ प्रतिशत कायम राख्न सफल रहनुका साथै व्यवसायको आकारमा ९निक्षेप तथा कर्जा० पनि उल्लेख्य वृद्वि गर्न सफल रहेकाले नै खुद मुनाफा तथा वितरणयोग्य मुनाफामा उल्लेख्य प्रगति हासिल गरेको छ।

हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्