नौबाजाको मेला



bty

श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रावण कृष्ण औंसीसम्म ‘गुँला पर्व’ विशेष गरी काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरूमा मनाइने गरिन्छ। काठमाडौंमा भने यस पर्वका अवसरमा स्वयम्भूमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ।

 

नेवार समुदायका बौद्ध धर्मावलम्बीले एक महिनासम्म स्नान गरी परम्परागत नौ बाजा बजाएर स्वयम्भू, महाचैत्य, सेतो मच्छिन्द्रनाथ र विभिन्न महाविहार चैत्य दर्शन गर्ने र आसपासका स्थलको परिक्रमा गर्ने चलन छ। साँझ विभिन्न बहाल, चोक टोलटोलमा बौद्ध गुरुहरूबाट प्रवचन दिने कार्यक्रम सञ्चालन हुने गर्छ। साथै यस महिनामा पर्ने पर्वमा दमोखी, धा धिमे, कोचाखीलगायत नौ बाजा बजाउने भएकाले यसलाई नौ बाजाको जीवन्त प्रदर्शनी गरिने मेलाका रूपमा लिने प्रचलन छ।

 

पर्वभरि बौद्ध स्तोत्र, धारणी, नामसंगीत पाठ गरिन्छ। गुँला पर्वकै बेला नाग पञ्चमी (नागदह मेला), पशुपतिमा साउने सोमबार मेला, काठमाडौं उपत्यकामा पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा (कुम्भेश्वर मेला), गाईजात्रा, पाटनमा मतःयाः जात्रा, पशुपति देवपत्तन खड्ग जात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने तथा पञ्चदान पर्व पनि पर्ने भएकाले यसलाई महŒवका साथ लिने गरिन्छ।

परम्परागत बाजाको खुला प्रदर्शनी

गुँला पर्वको शुरुआतसँगै ललितपुरमा परम्परागत नौ बाजाको प्रदर्शनी शुरू भएको छ। न्यकूजात्रा मतयाः ९शृङ्गमेरी – दीपयात्रा०को सन्र्दभमा नौ बाजाहरूको प्रदर्शनी सञ्चालन भइरहेको हो।

सो पर्व करिब १ हजार ४ सय ५० वर्ष अगाडिदेखि ललितपुरमा निरन्तररूपमा सञ्चालनमा भइरहेको छ। यस पर्व आफ्ना दिवंगतहरूको सम्झनामा हिन्दू तथा बौद्ध धर्मालवम्बीहरूले नगरका बौद्ध मठ, मन्दिर, चैत्य, वहाःवहीहरूको परिक्रमा गर्ने गर्छन्। हरेक वर्ष मतया सञ्चालन गर्ने पालो लिएको इलाकाले मंगलबजार, कुम्भेश्वर, बुंगमती, स्वयम्भू महाचैत्यमा गएर बाजा बजाउने गर्छन्।

यसका लागि दश महिनाअगाडि तयारी अघि बढाइएको थियो। नौ बाजाका रूपमा प्रख्यात भए तापनि त्यस समूहमा १८ परम्परागत बाजाहरूको प्रदर्शनी हुने गर्दछ। भैंसीको सिङबाट बनाइएको विशेष प्रकारको बाजाहरूको साथमा मृदङग, धाःबाजा, दमोखिं, दबदब, कासीबाजा, ढोलक, कोखिं, नगडा, जो नगडा, मगःखिं, संघबाजा, ब्या बाजा, नायखिं, खईजरी, बांसुरी, खिं, धिमे, दहलगायतका बाजाहरू प्रदर्शनी हुने गरेका छन्।

यस वर्षको मतयाः पर्व पालो परेको टोल हौगल टोलबाट बाजा प्रदर्शनी शुरुआत गरिएको छ। हौगल टोलका १० वर्षका बालकलाकारदेखि ६० वर्षसम्मका सयौं कलाकारहरूले ती परम्परागत बाजाहरूको विशेष प्रदर्शन गरेका थिए। ललितपुर नगरक्षेत्रका १० टोलहरू नकबहिल, मंगलबजार, चक्रबहिल, नागबहाल ९इखाछें०, बुबहाल, हौगल, ओकुबहाल, इखालखु, कोबहाल तथा सौगल टोलले पालै पालो गरी यो पर्व मनाउँदै आइरहेको छ। ऐतिहासिक, परम्परागत संस्कृति, सम्पदाको जगेर्नामा नयाँ पुस्ताको सहभागिता महŒवपूर्ण रहेको बताउँदै ताम्रकार समाजका अध्यक्षसमेत रहनुभएका न्यकूजात्रा मतयाः सञ्चालन समिति, क्षेत्र नं। ६ का सल्लाहकार रवीन्द्रराज ताम्रकारले बताउनुभयो।

अहिलेको अवस्थामा मतयाः पर्व सञ्चालनका लागी करिब २०–२२ लाख खर्च हुने बताउँदै समितिका अध्यक्ष धर्मकृष्ण ताम्रकारले बृहत् कार्यक्रम भएकाले एकल प्रयासबाट मात्र सम्पन्न हुन नसक्ने बताउनुभयो। उहाँले मतयाः गर्ने १० टोलमध्ये सबैभन्दा सानो र कम जनसंख्या रहेको टोल हौगल टोल भए तापनि सम्पूर्ण टोलबासीको साथ सहयोगले मतयाः पर्व सफलताका साथ सम्पन्न हुने विश्वास रहेको बताउनुभयो। यस वर्ष शृङ्गभेरी मतयाः पर्व यही साउन ३२ गते शनिबारका दिन परेको छ।

प्रतिक्रिया दिनुहोस्