जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने



नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लामा बाढी र पहिरोको जोखिममा रहेका स्थानका बासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ ।
जिल्ला बिपद् ब्यबस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका ब्यक्ति र बस्तीहरुलाई स्थानिय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो ।

नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दा सम्म सधै जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र ब्यक्तिलाई समेत स्थानान्तरण गर्न स्थानिय तहलाई जिम्बेवार बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

गत बर्ष बाढी आएका कारण जलजला गाउँपालिकाका लस्ती, लुङ्गदीमा घर बगाउनुका साथै धेरै घर जोखिममा परेका थिए । कालीगण्डकी नदी, मोदीखोला, सेती खोला, रतीखोला, लगायतका नदी र खोला किनारमा बनेका घर र बस्तीहरु समेत जोखिममा छन । पर्वतका भंगरा, देउराली, धाइरि पर्वतका भंगरा, देउराली, धाइरिङ्ग, तिलहार, देउपुर, होस्राङ्गदी लगायतका बस्तीहरुमा गत बर्ष पनि पहिरोको चपेटामा परेका थिए । जथाभावी रुपमा खनिएका कारण धेरै घर र बस्ती जोखिममा छन ।

सुकुम्बासी र जर्बजस्ती सार्वजनिक जमिन कब्जा गरेर समेत घर बनाउने काम भएको छ । यस्ता घर र संरचना जुनसुकै बेला बाढीको चपेटामा पर्ने भएकाले स्थानान्तरण गर्न जरुरी रहेको प्रजिअ नेपालले बताउनुभयो । ‘सधैभर बाढी तथा पहिरोको जोखिममा रहेका बस्ती र संरचना नहटाए सम्म जोखिम सधै रहने भएकाले स्थानिय तहलाई जिम्बेवार बनाएर सुरक्षित स्थानमा बसोबासको ब्यबस्था मिलाउन जरुरी छ’ उहाँले भन्नुभयो ‘बिपद् आउनुपुर्व नै सुरक्षित बनाउन सके जनधनको क्षति न्युनीकरण गर्न सकिन्छ भनेर यस्तो निर्णय भएको हो ।’
पर्वत जिल्लाको समग्र विपद व्यवस्थापनको वारेमा वनाईएको उक्त विपद प्रतिकार्य योजनामा ७ वटा स्थानिय तहमा जोखिम यूक्त स्थानहरुको पहिचान र तत्काल घटना घट्दा चाहिने स्टक सामान सहयोगी निकाय लगायतको सुचना सहितको विवरण उल्लेख गरिएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले स्थानिय पालिकाहरुले विपदको वारेमा जिम्मेवार भै वैठकमा उपस्थित हूनूपर्नेमा जोड दिनुभयो ।

उक्त वैठकले चालू आर्थिक वर्षमा विपदको राहातका लागी खाद्यन्न भण्डारका लागि उद्योग वाणिज्य संघ पर्वत,औषधि उपचारका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय पर्वत, उद्दारका लागि नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी, भौतिक सामानका लागि नेपाल रेडक्रस सोसाईटी पर्वत,सामाजिक परिचालन र आर्थिक सहयोगका लागि गैह् सरकारी संस्थाहरु,रोटरी क्वल र लायन्स क्लवहरु तथा सूचना संचारका लागि पर्वतमा कृयाशिल संचार गृहहरु तयारी अवस्थामा रहने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्