उद्योगका लागि खनिएको खाल्डोमा परी बालिकाको मृत्यु



मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिका १ नालामा उद्योग स्थापनाका लागि खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर कक्षा ४ मा अध्ययरत ११ बर्षिया बालिका रोक्सना गोलेको निधन भएको छ ।

केहि दिन आफ्नो परिक्षा सकेर घरमै बसिरहेकी रोक्सना गोले बुधबार विहान दिदीको परिक्षा भएकाले विद्यालयसम्म साथी गएर फर्कने क्रममा उक्त खाडलमा पौडी खेल्ने क्रममा डुबेकी थिईन् । उनीसँगै अरु दुई जना बालबालिकाहरु भए पनि उनिहरुले पौडी खेलेनन् । उनिहरु हेरिरहेका रहेछन् । स्थानीय श्रृष्टीकान्त आधारभुत विद्यालयको कक्षा ४ मा अध्ययरत गोले विदा भएकाले घरमै थिईन् । बनेपा नगरपालिका वडा नम्वर ४ घर भएकी गोले अस्पताल खोल्ने प्रयोजनका लागि खनिएको गहिरो खाडलमा जमेको पानीमा पौडी खेल्छु भन्दै सबै कपडा खोलेर पसेकी थिईन् ।

धेरै बेर खाडलबाट ननिस्किएको र बोल्दा पनि नबोलेपछि उनिसँगै गएका बालबाकिलाहरुले वरपर खवर गरेका थिए । खबर लगत्तै स्थानीय र प्रहरीको टोली पुगे पनि उनको निधन भईसकेको थियो । धेरै बेर खाडल खहिरो भएकाले शब निकाल्नै कठिन भएको थियो ।

उद्योग तथा सार्वजनिक स्थानमा त्यस्ता संरचना निर्माण पछि ब्यवस्थित नहुँदा पटक पटक यस्ता घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्