नेकपा बैठक बस्दै



न्युज अफ नेपाल, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएपछि आज बस्दै छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्केलगत्तै मंगलबार बैठक बस्ने निर्णय भएको थियो ।तर, आवश्यक तयारी नपुगेकाले बैठक बुधबार बस्ने भएको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्