सन्दीपको भिसा आवेदन स्वीकृत



नेपाल समाचारपत्र, काठमाडौं
सन्दीप लामिछानेले क्यारिबियन प्रिमियर लिग खेल्न जाने क्रममा अमेरिका प्रवेश गर्न इच्छाका साथ दिएको भिसाको आवेदन स्वीकृत भएको छ।

तर, भिसाका लागि भने पहिले अमेरिकी दूतावासले सन्दीपको आवेदनलाई अस्वीकृत गरिएको थियो। उनले यसबारे अमेरिकी दूतावासले भिसा नदिने भन्दा आफू आश्चर्यमा परेको ट्विट गरेका थिए। उनी बिहान भिसाका लागि अमेरिकी दूतावास पुगेका थिए।

यसको चार घन्टापछि सन्दीपले अमेरिकी दूतावासलाई धन्यवाद दिएको ट्विट गरिएको थियो। उनको भिसा आवेदन स्वीकृत भएपछि उनले दूतावासलाई सहयोगका लागि धन्यवाद दिएका थिए। त्यस्तै उनले आफ्ना शुभचिन्तकहरूलाई समेत धन्यवाद दिए।

उनले भिसा अस्वीकृत भएपछि आफूलाई आश्चर्य लागेको भन्दै ट्विट गरेका थिए। उनले लेखेका थिए– ‘मैले राष्ट्रिय खेलाडीका रूपमा राष्ट्रका लागि २०१६ देखि विभिन्न राष्ट्रमा लिगमा सहभागिता जनाएको छु।

मेरो भिसा अस्वीकृत भएकोमा म एकदम आश्चर्यमा परें। यो सबै देखेर स्तब्ध भएँ। मसँग ठीक डकुमेन्ट पनि छन्। खेलाडी भएको हिसाबले सीपीएलमा सहभागिता जनाउन मलाई केही कठिन भयो।’

प्रतिक्रिया दिनुहोस्