पोखरा आगलागी अपडेटः आठ करोड बराबरको क्षति



विजय नेपाली, पोखरा ।
पोखराको व्यस्त बजार न्युरोडको एक मार्केटमा भीषण आगलागी भएको छ । फर्निचर पसलबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ । आगो सुरु हुनसाथ मानिसको क्षति नहोस् भनेर कम्पलेक्स बाट सबै बाहिर निस्किएको ७ मिनेट लगत्तै आगोले भिषण रुप लिएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।

भाटभटेनी नजिकै रहेको उक्त मार्केटमा दिउँसो ४ बजे आगलागी भएको थियो । दिउँसो करिब ४ बजे आगो लागेपछी जानकारी पाए लगतै ७ मिनेटमा आगो निभाउन आइपुगेको दमकल इन्चार्ज रामजि केसीले जानकारी दिनुभयो । आगो निभाउन ३ वटा दमकल, ८ वटा भन्दा बढी ट्यान्कर प्रयोग गरेको केसीले बताउनुभयो ।

आगलागीको भिडियो:

सशस्त्र प्रहरी, दमकलको सहयोगमा आगो लागेको डेढ घण्टा पछि नियन्त्रणमा आएको हो ।न्युरोड स्थित एस ट्रेड सेन्टरमा आगलागी हुदा करोडौंको क्षति भएको छ । संचालक यदु अधिकारीले ३२ वटा सटर लिइ भाडामा लगाउनुभएको थियो । उक्त ३२ वटा सटर मध्य सात वटा संचालनमा रहेका थिए भने अन्य सटर गोदाम गरिएको संचालक यदु अधिकारीले जानकारी दिनुभयो ।

मार्केटमा अचानक आगलागी भएछ, आगलागीले ठूलो क्षति हुन पुगेको छ’ अधिकारीले भन्नुभयो । आगलागीले करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो । मार्केट भित्र फोम , फलफुल, रेस्टुरेन्ट, विद्युतिय उपकरणको वर्कसप र कपडा पसल रहेको अधिकारीले जानकारी दिनुभयो ।

आगलागी कसरी भयो थाहा छैन, विद्युत सर्ट भर्इ आगलागी भएको हुन सक्छ ठूलो क्षति भोग्नुपरेको छ उहाले भन्नुभयो । विजुली सटको कारण आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर गणेश सुवेदीले बताउनुभयो ।

मार्केटमा फर्मको मात्र १० वटा भन्दा धेरै सटर थिए । भने इलोक्टोनिक पसल, फलफुल पसल, रेष्टुरेन्ट, चस्मा पसल, कुर्ता सुरवाल तथा साडी लगायतका पसलहरु रहेको स्थानीय अन्तिम पौडेलल बताउछन् ।

दिउसो ४ बजेतिर आगलागी भएको थियो प्रतक्षदर्शी माया गरिीले जानकारी दिनुभयो । उक्त मार्केट भित्ररहेको काठमाडौँ झोल मःम रेस्टुरेन्टमा मःम खादै गर्दा सानो आगोको मुस्लो देखीएको उहाले बताउनुभयो । ‘सानो आगो निस्केको थियो पहीला १० मिनेटमा नै बढेर ठुलो भयो गिरीले भन्नुभयो । ‘आगो सोचेको भन्दा भेरै छिटो बढ्यो । आगलागी भएको २० मिनेटमा पोखरा महानगरपालिकाको दमकल आइपुग्यो । मार्के भित्रको शुभ युनिफर्म होम डेकोरेशनबाट आगलागी भएको गिरी बताउनुहुन्छ ।

शुभ युनिफर्म होम डेकोरेशनका कर्मचारीका अनुसार आगलागीको समयमा होम डेकोरेशनका अफिसको सबै सटर बन्द गरेर हिडीएको थियो । होम डेकोरेशन बन्द गरेर हिडेको केही समय पछि आगलागी भएको कर्मचारी बताउछन् । ती कर्मचारीले होम डेकोरेशन बन्द गरेर हिडेको १५ मिनेट भन्दा बढी भएको अनुमान गरेका छन् । मार्केटको बिच भागबाट आगलागी सुरु भएको कारण धेरै सटरमा छिटो आगो फैलिएएको प्रत्यक्षदर्शीको भनाइ छ ।

आगो नियन्त्रणमा लिनको लागी पोखरा महानगरपालिकाका ३ वटा दमकल र खाने पानी २० भन्दा बढी ट्यांकरको प्रयोग गरिएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी, नगर प्रहरी र स्थानीयले आगोलागी नियन्त्रणमा लिएको हो । आगो नियन्त्रणमा लिन लागी २ घण्टा लागेको थियो ।

आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने नजिकैको शिवशक्ति फर्निचर लगायत अन्य सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामान हटाइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । तर प्रतक्षदर्शी मानसिंह गुरुङ भने विजुली सर्टबाट भएको हुनसक्ने बताउनुभयो ।

  

शुभ युनिक ईम्पोरियमबाट विजुलि सट भइ आगलागी हुदा लिलाधर ढुङ्गानाको शुभ युनिक होम डेकोरेशन फर्निचर, बबित पौडेलको शुभकामना क्याफे, गणेश तामाङको लेन्सको होलसेल श्री अप्टिक्स, अशोक बम्जनको नेत्र सेवा अप्टिकल धनबहादुर गुरुङको एभरेष्ट मस्म एण्ड रेष्टुरेन्ट , ध्रुब बहादुर थापाको ध्रुव ईलेक्ट्रोनिक्स र विना गुरुङको विराज कुर्ता एण्ड साडी पसलमा पुर्ण रुपमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्