बैतडी मदिरा निषेधित क्षेत्र घोषणा



बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णय अनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडा सचिव कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराधहरु बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा ७ सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।

मदिरा निषेधित क्षेत्रमा कसैले मदिराको विक्रि वितरणमा गरेमा पहिलो पटकका लागि १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि १० हजार र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलो पटकका लागि घटनाको प्रकृति हेरेर एकहजार पाँचसय देखि ५ हजार सम्म जरीवना तोकिएको छ । दोश्रो, तेश्रो सोही व्यक्ति दोहोरिएमा जरीवाना दोब्बर तेब्बर हुने वडा सचिव बोहराले जानकारी दिनुभयो ।
तीन पटक भन्दा बढी कसैले मदिराको कारोबर, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णय समेत भएको बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्