रवी लामिछानेको दिन खराब भन्दै ज्योतीष अर्जुन क्षेत्रीले लेखे यस्तो स्टाटस



न्युज अफ नेपाल, काठमाडौँ । फेस रिडर भनेर चिनिएको ज्योतीष हुन् अर्जुन क्षेत्री । उनी केहि समय अगाडि नेपालमा ठूलो भूकम्प आउँछ भन्दै मानिसहरुमा क्रास फैलाएको भन्दै प्रहरीले जेल समेत हालेको थियो ।

त्यस पश्चात मिडियामा देखिनै छाडेका थिए अर्जुन । उनी जेल जानु भन्दा अगाडि निकै चर्चाको पात्र बनेका थिए । तर पछिल्लो समय जति उनलाई सपोर्ट गर्ने छन् त्यो भन्दा धेरै उनलाई गाली गर्ने भेटिन्छन् । यो कुरा उनलाई सामाजिक सञ्जालमा गरिएका गालीबाट प्रष्ट बुझ्न सकिन्छ ।

उनी जेल परेर छुटेपनि अरुको भविष्यवानी गर्न भने अझै छोडेका छैनन् । उनी दिनहुँ जसो फेसबुक लाईभमार्फत अरुको भविष्य हेरिरहेका हुन्छन् । यहिबीचमा आज उनले पत्रकार रवी लामिछानेकोसमेत भविष्यवानी गरेका छन् । उनले पत्रकार रवीलाई आजका दिनदेखी ४० दिनसम्म ठूलो संकट पर्ने भन्दै स्टाटर लेखेका छन् ।

स्टाटसमा अर्जुनले रवीलाई भेट् चाहे पनि भेट्न असमर्थ भएका कारण यो सबै स्टाटस मार्फत नै सबै जानकारी दिन लागेको उल्लेख गरेका छन् ।

उनले स्टाटसमा लेखेका छन्– ‘‘हजुर भगवानप्रति शस्त्र र शक्ति प्रतिको विश्बास गर्नु हुन्छ या गर्नु हुन्न त्यो त म भन्न सक्दिन तर दाजु हजुरको मैले फेस रिडिङ गर्दै जानेक्रमम देखाएको कुरा लेख्दै छु ।’’

रवीलाई ठुलै सङकट, ब्रजपात, चुनौतिको समय रहेकाले सचेत रहन अर्जुनले आग्रह गरेका छन् । अर्जुनका यी कुरालाई लिएर रवीको के विचार आउने हो वा होइन त्यो भने प्रतिक्षाकै घडि बनेको छ । तर यहाँसम्म बुझ्न सकिन्छ कि रवी आफ्नो कामका कारण सधै संकट हुन्छन् । यो सबैले बुझ्ने कुरा हो ।

अर्जुनको पूरा स्टाटस पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्