अन्तर्राष्ट्रिय कलाकारको जमघट हुँदै



अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कलाकारहरूले पर्सी बिहीबार अरविन्द योग मन्दिर थानकोट र शुक्रबद्मद्मद्मद्मद्मद्मार डीएभी स्कुल जाउलाखेल ललितपुरमा विशेष प्रस्तुति दिने भएका छन्।

श्री अरविन्द योग मन्दिरको आयोजनामा महर्षी श्री अरविन्दको १ यस ४७औं जन्मोत्सवको अवसरमा कलाकारहरूद्वारा उडिसी नृत्य, शास्त्रीय सङ्गीत, सांस्कृतिक कार्यक्रमका साथै आध्यात्मिक सत्संग हुने योगमन्दिरका गुरु रामचन्द्रदाशले जानकारी गराएका छन्। सो अवसरमा सौभाग्यनारायण छोटरे, लाप्पा मुद्रा जेना, प्रकाश चन्द्र मोहपात्र, राजेश कँवर लेङ्का, भागिरथी शाही, विधेय भुसाल, दिव्या श्री साहु, मिता बेहेराले आप्mना प्रस्तुति प्रस्तुत गर्नेछन्। पहिलो दिन आश्रम परिषरमा निर्मित मन्दिरको उदघाटन गर्ने कार्यक्रम पनि रहेको छ।

महर्षि श्री अरविन्दको योगसाधना, सामूहिकजीवन शैली र कर्मयोगलाई आत्मसात गरी श्री अरविन्द योग मन्दिर, थानकोटले २६ वर्षदेखि जैविक खेती, गाईपालन, कपडा बुनाइ, सिलाइ कटाइलगायत धेरै प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको छ। गरिब जेहेनदार, बाबुआमाबिहीन २ सय ५० जनाभन्दा बढीबालबालिकालाई आश्रममै राखेर अध्ययन अध्यापन पालपोषण गर्दै पनि आएको छ।

प्रतिक्रिया दिनुहोस्