पदक विजेता नगदसहित सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं ।
यसै साउनको पहिलो साता सम्पन्न १२औं दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी सोमबार नगदसहित सम्मानित भएका छन् ।

संघका अक्ष्यक्ष राजेशबाबु श्रेष्ठले पत्रकार सम्मेलन गरी पदक विजेता खेलाडीलाई सम्मान गरेका हुन् । जसमा स्वर्ण, रजत र कांस्य गरी १६ जना नेपाली खेलाडी उक्त प्रतियोगितामा पदक जितेका थिए । अध्यक्ष श्रेष्ठले स्वर्ण जित्ने खेलाडीलाई जनही ५० हजार प्रदान गरे । जसमा ३ खेलाडीले स्वर्ण जितेका थिए ।

जनही ५० हजार नगद पुरस्कार प्राप्त गर्नेमा ६५ केजी तौलतर्फ समीर श्रेष्ठ, मेन्स एथ्लेटिक्स एण्ड फिजिक्स १ सय ६७ सेन्टीमिटरमाथि नरेश मालाकार र वोमेन्स मोडल फिजिक्समा मल्लिका शाक्य हुन् ।

त्यस्तै ७ खेलाडीले रजत पदक प्राप्त गरेका थिए । जसमा ६० केजी तौलतर्फ कमल भण्डारी, ७० केजी तौलतर्फ रमेश कार्की, मेन्स एथ्लेटिक्स एन्ड फिजिक्स १ सय ६७ सेन्टिमिटरमाथि निशानमान प्रधान, मेन्स फिटनेस फिजिक्समा राजु राई, मेन्स स्पोर्टस् फिजिक्स १ सय ७० सेन्टिमिटरमाथि प्रमोद राई तथा महिलातर्फ वोमेन्स एथ्लेटिक्स फिजिक्समा रजनी श्रेष्ठ र वोमेन्स मोडल फिजिक्समा पुजा श्रेष्ठले रजत पदक हासिल गरेका थिए । उनीहरुले जनही ३०÷३० हजार नगद पुरस्कार प्राप्त गरे ।

कांस्य जित्ने ६ खेलाडीलाई जनही २०÷२० हजार नगद पुरस्कार दिइएको थियो । जसमा ५५ केजीतर्फ किसन दास दिवाकर, ६५ केजीतर्फ प्रज्ज्वलमान शाक्य, ७५ केजीतर्फ अशोक महर्जन, ९५ केजीतर्फ मिलन सिजापति, मेन्स जुनियर बडिबिल्डिङमा कृष्ण महर्जनले कांस्य पदक जितेका थिए । त्यस्तै महिलातर्फ सुजिता मानन्धरले वोमेन्स एथ्लेटिक्स फिजिक्समा कांस्य पदक हात पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्