महिलाको पेटभित्र डेढ किलो गहना



बीरभुम (एजेन्सी)
भारतको पश्चिम बंगालको बीरभुम जिला स्थित एक सरकारी अस्पतालमा एक महिलाको पेटको शल्यक्रिया गरि डेढ किलो गहना र ९० सिक्का निकालिएको छ । ती महिलालाई पेट दुखेपछि उक्त अस्पतालमा ल्याइएको थियो ।
अल्टासाउन्डमा उसको पेटमा ती गहना देखिएको थियो । त्यसपछि चिकित्सकहरुले तत्काल सर्जरी गरि बाहिर निकालेको हो । ती महिला मानसिक रुपमा अस्वस्थ भएको बताइएको छ ।

रामपुरहाट सरकारी मेडिकल कलेज र अस्पतालमा सर्जरी विभागका प्रमुख सिद्धार्थ विश्वासले भने, २६ बर्षिय महिलाको पेटबाट ५ र १० रुपैयाका ९० सिक्का, सिक्री, फुली, झुमका, चुरा, पाउजु र घडीहरु निकालिएको थियो ।

धेरैजसो गरगहना तामा र पितलको भएको र त्यसमा केही सुनका गहना पनि भएको चिकित्सकले जानकारी दिए ।
महिलाका आमाले भनिन्– हाम्रो घरमा गहना हराइरहेको थियो, तर परिवार सदस्यले जब उनलाई यस विषयमा सोधपुछ गथ्र्यो, उनी रुन्थिन् । विगत केही दिनदेखि उनले खाना खाएपछि वान्टा गर्थिन् ।

उनले भाइको पसलबाट सिक्का पनि ल्याउँथिन् । हामीलाई लाग्थ्यो कि उसले केही किनमेल गरेकी होली, उसले त्यो खान्थ्यो भन्ने पटक्कै संका भएन ।

महिला विगत दुई महिना देखि विरामी भइरहेको परिवार सदस्यले बताए । घरका सदस्यले उनलाई कयौं निजि डाक्टरको मा जचाउन लगेका पनि थिए । केही नलागेपछि मात्र महिलालाई सरकारी अस्पतालमा लिएर गएको र रोगको कारण पत्ता लागेपछि शल्यक्रिया गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्