मृत्यु भइसकेको भनिएका राष्ट्रपति सार्वजनिक बैठकमा !



मस्को, (एजेन्सी) ।
केहि समय अघि व्यापक रुपमा मृत्यको हल्ला चलाइएका तुर्केमिनिस्तानका राष्ट्रपति गुर्वान्गुली बर्दिमुखामेदोभ सोमवार सार्वजनिक भएका छन् । क्यास्पियन सि रिसोर्ट शहरमा आयोजित क्षेत्रिय नेताहरुको सहभागिता रहेको आर्थिक मन्चमा उनी उपस्थित भएका थिए ।
गत महिना सम्पूर्ण रुसी भाषका संचार माध्यमले उनको मृगौलाको खराबीको कारण मृत्यु भएको हल्ला फैलाएयता उनी यो पहिलोपटा सार्वजनिक स्थानमा देखा परेका हुन् । तर तुर्कमेन संचार माध्यमले भने राष्ट्रपतिले विदा मनाउँद ैगरेको फुटेज प्रशारण गररे सो हल्ला गलत भएको पुष्टि गर्न खोजेको थियो ।

तर ति फुटेज हालसाल ैखिचिएको हुन् भनेर कसैल स्वतन्त्र पुष्टि भने गरेको थिएन । तर सोमवार रिसोर्ट शहर आभाजामा क्षेत्रिय बैठकमा उनले भाग लिँद ैगरेको सबैले देखेपछि सो हल्ला आफै गलत सावित भएके छ । राष्ट्रपति बर्दिमुखामेदोभले सो बैठकमा रसिया , अजरवैजान , कजाखस्तान र इरानबाट आएको नेताहरु समक्षस्वागत भाषण दिइरहेको फुटेज सरकारी टेलिभिजनमा प्रशारित गरिएको थियो ।
उनका ेमृत्युको खवर सबैभन्दा पहिले तुर्कमेन सरकारको विरोध गर्ने विदेश स्थित एउटा सानो मिडिया आउटलेटले प्रशारण गरेको थियो । त्यसको लगत्तै रसियाको प्रमुख समाचार निकाय एनटिभी लगायत अन्य संचार माध्यमले पनि सो खवर प्रशारण गर्न थालेपछि अन्य पुर्व सोभियत गणराज्य मुलुकहरुले पनि त्यसलाई निरन्तराता दिएका थिए ।

अन्तत उनको मृत्युको खवर सामाजिक संजालमै भाइरल भएको थियो । तुर्कमेनिस्तानमा संचार तथा सुचनालाई निक ैकडाइ गरिने गरेको तथा त्यहाँको प्रेस स्वतन्त्रताको स्थिती उत्तर कोरियाको भन्दा गएगुज्रेको रिपोर्टर्स विदाउट बोर्डसले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्