हङकङ विमानस्थल भित्रै प्रदर्शन, सबै उडान स्थगित



हङकङ । आन्दोलनकारीले सरकारविरुद्ध हङकङ विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गरेपछि सबै उडान बन्द गरिएका छन् । प्रहरीले लाठी चार्ज गर्दा एक महिला घाइते भएपछि आन्दोलनले झन उग्ररुप लिएको छ ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर डेढ महिनाअघि सुरू भएको प्रदर्शन अझै रोकिएको छैन। तर सरकारले भने उक्त विधेयक फिर्ता लिइसकेको छ । हङकङकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय भइसकेको बताएी छन् ।

प्रदर्शनकारीले भने क्यामले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन् ।

चीनीया सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक भएको बताउदै ‘हिंसात्मक आन्दोलन’लाई आतंककारी गतिविधिको संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्