सिभिल बैंकको शाखा सुनसरीको दुहवीमा



काठमाडौं, (नेस) ।
सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गर्नुभयो ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीलगायतको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्