जड्याहा लाइसेन्स



रक्सी स्वास्थ्यका लागि हानिकारक हो, रक्सीले करोडपतीलाई पनि रोडपति बनाउँछ भन्ने कुरो जो कोहीलाई थाहा भएकै हो । ढुकुरका जोडी जस्ता दम्पत्तिलाई विछोड गराउने, घरेलु हिंसा र अपराधका घटना बढाउने झोल त्यहि हो । त्यै पनि रक्सी प्रेमी घट्या छैनन्, झन्ै बढ्या बढ्यै छन् ।

त्यै बुझेर हो क्यार केही स्थानीय तहले ‘जड्याहा कार्ड’ तयार गर्न थाल्या छन् । रक्सी बेच्न सरकारी स्वीकृती अनिवार्य भइराख्या बेला बाजुराको गौमुल गाउँपालिकाले जाँडका पारखीले त्यस्तो कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । सो गाउँपालिकाबाट दुई सय भन्दा बढीले ‘मदिरा सेवन कार्ड’ लिइसकेका छन् । बेच्ने र खाने दुवैलाई यस्तो कार्ड अनिवार्य गरिएको छ ।


कोही पाहुना सो गाउँपालिका पुग्यो र जाँड खाने इच्छा व्यक्त ग¥यो भने दुई सय रुपियाँ तिरेर ‘अतिथि मदिरा सेवन कार्ड’ पाउँछ । अनि मदिरा खान योग्य ठहरिन्छ । त्यति मात्रै होइन विना कार्ड रक्सी खाएमा, इजाजत लिएको भन्दा बढी रक्सी सेवन वा विक्री गरेको पाइएमा अनुगमन समितिले ठाउँको ठाउँ कार्वाहीमा गर्ने भएसी जड्याहा महोदयहरुलाई पर्नु पिर प¥या छ ।
कार्वाहीबाट उम्किन जड्याहा महोदयले अनुगमन टोलीलाई रक्सी नै घुस ख्वाए भने चाहिँ…???

प्रतिक्रिया दिनुहोस्