गंगालाल अस्पतालको प्रमुखमा डा.युवराज



काठमाडौँ ।
बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. युवराज लिम्बू नियुक्त गरिएकोछ । अन्य स्वास्थ्य क्षेत्रमा लामो समय पद खाली हुँदा सरकारले कार्यकारीबाट काम चलाउँदै आएको आलोचना खेप्दै आएको छ ।

डा.ज्योतीन्द्र शर्माको शनिवार ४ बर्षे पदावधि सकिएको भोलिपल्ट आइतबारै डा.लिम्बुलाई स्वास्थ्य मन्त्रालयले निमित्त निर्देशकको जिम्मेवारी उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले दिनसभएको मन्त्रालयले जनाएको छ । उहाँलाई अर्को व्यवस्था नभए सम्मका लागि आर्थिक तथा प्रशासनीक समेत जिम्मेवारी सम्हाल्ने गरि आइतबारबाटै अधिकार दिईएको हो ।

गंगालालको निर्देशक नियुक्त अरु संस्थामा जस्तै छुट्टै ऐनद्धारा मन्त्रीपरिषद्को निर्णयबाट हुनुपर्ने कानुनी प्रावधानछ तर स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले मन्त्रीस्तरीय एकल निर्णयबाट डा. लिम्बूलाई आर्थिक अधिकारसहितको निमित्तनिर्देशकको जिम्मेवारी दिनुभएकोमा चिकित्सकहरुका माझ टीकाटीप्णी शुरु भैसकेको छ ।

मुटुरोग विशेषज्ञ डा. लिम्बूले यसअघि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज र पाटन अस्पतालमा काम गरिसक्नुभएकोछ । उहाँमाथी आफ्नो पेशामा भन्दा बढी समय जातीय उत्थानका बिषयमा आन्दोलनको नेतृत्व गर्दै आएको आरोप लागेकै कारण दुबै अस्पतालबाट बिदा लिएर डा. लिम्बू ०५९ सालदेखि गंगालाल अस्पतालमा कार्यरत रहनुभएको चिकित्सकहरुले औल्याएका छन् ।

तेह्रथुममा जन्मनुभएका डा.लिम्बु जातीय उत्थानका लागि बहस गर्दै, आन्दोलनको पृष्ठभूमि बनाउँदै आउँनुभएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्