काठमाडौँको न्यूरोडमा प्रदेश सांसदकै पर्स लुटियो



न्युज अफ नेपाल, काठमाडौँ ।
काठमाडौँको न्यूरोडमा प्रदेश– ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ । आइतवार न्युरोड भीडभाडमा अज्ञात व्यक्तिले पर्स लुटिएको हो ।

पर्समा सात हजार रुपैयाँ नगद र केही महत्वपूर्ण सामानहसहित एटिएम कार्ड, सांसद परिचय– पत्र लगायत पर्समै भएको सांसद सुवेदीले बताएकी छिन् ।

सुवेदीले प्रहरीमा पर्स लुटिएको निकै बेर पछि मात्रै प्रहरीमा उजुरी दिएकी छिन् । बैंकको एटिएम कार्ड दुरुपयोग हुनसक्ने भएकोले पहिला बैंक पुगेर मात्र प्रहरीलाई उजुरी दिएको सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्