लोकसेवाको विज्ञापनविरुद्ध सडकमा उत्रिए आदिवासी जनजाति, प्रहरीद्वारा हस्तक्षेप (फोटोफिचर)



काठमाडौँ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले भद्रकालीमा विरोध प्रदर्शन गरेको छ । संघीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत विज्ञापन निकालिएको भन्दै उनीहरुले विरोध जनाएका हुन्।

प्रदर्शनका क्रममा संविधानप्रदत्त समानुपातिक समावेशी सिद्धान्तको सुनिश्चितता गर्न माग गर्दै नाराबाजी गरिएको थियो । प्रकाशित विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातिले विज्ञापन पुनः प्रकाशित गर्न माग ।

भद्रकालीमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। र्‍याली सिंहदरबारको पश्चिम गेटतर्फ बढेसँगै प्रहरीले भिडलाई रोकेको हो। निशेधित क्षेत्र उल्लंघन गरेको भन्दै केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

तस्वीर : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्