साप्ताहिक राशिफलः साउन २६ देखि ३२ गतेसम्म



मेषः
तपाईंका लागि यो साता शुभ फलदायक छ । शुभ मांगलिक काम हुनेछ । आँटेका र गरेका कार्यहरु सफल हुनेछन् । रोजगार, वैदेशिक यात्रा, बढुवा, सम्पत्ति वृद्धिको सम्भावना छ । परिवार, साथीभाइ, इष्टमित्रबाट सहयोग पाइएला । व्यापार व्यवसाय वा गरिरहेको पेसाबाट राम्रै आम्दानी हुने देखिन्छ । समय शुभ भएकाले सबैको वाहवाही भइनेछ भने मान–सम्मानमा वृद्धि होला ।
वृषः
शुरुमा रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, आकस्मिक खर्च भए पनि तपाईंका लागि यो साताको धेरैजसो दिन फलदायक नै छन् । बुधबारबाट सबै समस्या समाधान हुनेछन् । राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ । राजनीतिकर्मीहरुका लागि झनै सफलता हुने देखिन्छ । कतैबाट राम्रै आर्थिक लाभ होला ।
मिथुनः
तपाईंका लागि साताका शुरुका दिन लाभदायक छन् भने अन्त्यका दिनहरु फलदायक देखिँदैनन् । मगलबारसम्म पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ । त्यसपछिका दिनहरुमा भने खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ । अपच, वायु–गानोगोला जस्ता पेटको समस्या नहोला भन्न सकिन्न । आलस्यता बढ्नाले जाँगर हराउला ।
कर्कटः
तपाईंका लागि यो साताका धेरैजसो दिन उपलब्धिमूलक नै देखिन्छन् । भाग्योदय हुनेछ । उपहारादि वस्तु प्राप्ति, कार्य सफल हुने सम्भावना छ । खेलकुदजस्ता प्रतियोगितात्मक कार्यमा विजयको सम्भावना छ । धनलाभ, यश वृद्धि, प्रेमसम्बन्ध बलियो हुनेछ । अधुरा कार्यहरु पूरा होलान् । साताको अन्त्य शुक्रबार र शनिबार भने आर्थिक नोक्सानी, व्यवधान आउला । सतर्कता अपनाउनुपर्ला ।
सिंहः
तपाईंका लागि यो साता उत्तम फलदायक छ । शुभ मांगलिक कामको थालनी हुने, हरेक कार्य सफल हुनेछ । वैदेशिक यात्रा, बढुवा, अचल सम्पत्ति वृद्धिको सम्भावना छ । साथीभाइ–इष्टमित्रबाट ठूलै सहयोग पाइएला । आफ्नो व्यापार व्यवसाय वा पेसाबाट राम्रै आर्थिक लाभ हुने देखिन्छ । उन्नति–प्रगतिका लागि गरेका प्रयासहरु खेर जानेछैनन् । बोली बिक्नेछ ।
कन्याः
तपाईंका लागि यो साताका धेरैजसो दिन उपलब्धिमूलक छन् । खेलकुद, परीक्षाजस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा सफलता मिल्ला । आर्थिक लाभ हुनाले खर्चको सन्तुलन मिलाउन सहज हुनेछ । विपरीतलिंगीबाट सहयोग एवम् सुख–सन्तोष पाइनेछ । तर मगलबारसम्म भने त्यति राम्रो देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, पेसा–व्यवसायमा बाधा व्यवधान, प्रतिष्ठामा आँच आउन सक्छ ।
तुलाः
साताको पूवार्ध भाग धेरै उत्तम फलदायक छ । धनलाभ, मानसम्मान, समस्या समाधान, बाहन सुख हुनेछ । परीक्षा, खेलकुद, मुद्दामामिलामा विजय हुने सम्भावना छ । लाभकारी यात्राको सम्भावना छ । शुभ समाचार मिल्ला । तर बुधबारदेखि दिनहरु त्यत्ति फलदायक देखिँदैनन् । रोगको भय, कार्यमा बाधा, आर्थिक नोक्सानी हुने देखिन्छ । राज्यबाट भय, अपयश, प्रतिष्ठामा आँच आउने सम्भावना छ ।
वृश्चिकः
तपाईंका लागि यो साता उपलब्धिमूलक नै देखिन्छ । विविध वस्तु वा सेवा प्राप्ति होला । कार्य सफल हुनाले मन आनन्दित होला । राजनीतिकर्मीबाट फाइदा लिन सकिने देखिन्छ । स्वस्थता एवम् आनन्दको अनुभूति होला । धेरथोर आर्थिक लाभ पनि हुनसक्छ । इज्जत प्रतिष्ठा बढ्नेछ । तर शुक्रबार र शनिबार भने केही चिन्ता होला । कार्य बाधा, स्वास्थ्यमा गडबड हुनसक्छ ।
धनुः
तपाईंका लागि यो साता उत्तम फल दिनेवाला छ । सामान्य प्रयासले पनि धेरै काम बन्नेछन् । शुभ समाचार सुनिनेछ । गरेका कामहरु सफल हुनेछन् । आम्दानीको स्रोत बढ्नेछ । साथीभाइ वा इष्टमित्रको सहयोगले राम्रै काम बन्नेछ । व्यापारबाट राम्रो आम्दानी हुने, पठनपाठनमा सक्रियता बढ्ने, गरिरहेको रोजगारी वा व्यवसायबाट आत्मसन्तुष्टि मिल्नेछ । धन, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।
मकरः
साताको मध्यभाग बुधबार र बिहीबार शुभ फलदायक भए पनि अन्य दिनहरु तपाईंका लागि उपलब्धिमूलक देखिँदैनन् । साथीभाइसँग विवाद, धनहानि, चोटपटकको सम्भावना छ । धननाश, मानसिक अस्थिरता, असन्तोष, आँखामा विकार, अपव्यय होला । के गरौं, के नगरौंको स्थिति आउला । साताको मध्यभागमा भने सामान्य प्रयासले पनि धन प्राप्ति, कोसेली–पुरस्कार प्राप्तिको सम्भावना छ ।
कुम्भः
तपाईंका लागि बुधबार र बिहीबाहेक साताका सबै दिन उत्तम फलदायक देखिन्छन् । साथीभाइ, इष्टमित्रबाट सहानुभूति प्राप्त होला । खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन पाउने सम्भावना छ । पेसा–व्यापारमा सफलता मिल्ला । परिवारमा समेत सुखानुभूति हुनेछ । तर बुधबार र बिहीबार भने अनेक उल्झन बेहोर्नुपर्ला । हुन लागेको काममा बाधा नहोला भन्न सकिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीनः
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् । कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । प्रतियोगितात्मक कार्यमा विजयको संकेत देखिन्छ । धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ । समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला । तर शुक्रबार र शनिबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्