२० वर्षदेखि नाकबाट मुत्रपान गर्दै आएका अनौठा मान्छे



स्वस्थ रहनका लागि मानिहरुले विभिन्न उपाय अपनाएका हुन्छन् । शारिरिक ब्याम, योग, नृत्य जस्ता विभिन्न विधिहरु अपनाएका स्वस्थ मानिसहरुको कमि छैन यहाँ ।

तर विश्वमा यस्ता अनौठा मानिसहरु छन् जसले स्वस्थ रहन आफ्नै पिसाब त्यो पनि नाकबाट पिउने गर्दछन् । झट्ट पढ्दा तपाईहरुलाई सायद विश्वास लागेन होला । तर यो कुरा साँचो हो । बेलायतका एक नागरिकले विगत १९ वर्षदेखि नाकबाट आफ्नै पिसाब सेवन गर्दै आईरहेका छन् । ४१ वर्षका साम कोहेन नामका यी व्यक्तिले २२ वर्षको उमेरदेखि नै यसरी पिसाबसेवन गर्न थालेका हुन् ।

यसरी पिसाब पिउदा आफू स्वस्थ तथा तन्दुरुस्त रहेको उनको दाबी छ । विगत २० वर्षदेखि आफूलाई कुनै प्रकारको रोग नलागेको उनको भनाई छ । यति मात्र नभएर पिसाब सेवनले आफूलाई रुघाखोकी लाग्न नदिएको र आफ्नो सेक्स पावरमा पनि अत्याधिक सुधार भएको उनले जनाएका छन् । नाकले मुत्रपान गर्नका लागि उनले आफूसँग सधैं एउटा कप राखेका हुन्छन् । विभिन्न ठाउँमा घुम्न जाँदा समेत उनले आफ्नो साथमा छुट्टै कप लैजाने गरेका छन् ।

यती मात्र नभएर हवाई यात्रा गर्दा समेत उनले पिसाब पिउँन भने छोडेनन् । सुरुसुरुमा नाकबाट पिसाब सेवन गर्दा डुब्न लागेको जस्तो आभाष भए पनि सेवन पछि भने हलुका र फ्रेस महसुस गरेको उनले जनाए ।

अहिले उनले दिनमा २० पटक भन्दा बढी पिसाब सेवन गर्ने गरेको जनाएका छन् । ।

प्रतिक्रिया दिनुहोस्