रेयुकाई आँखा अस्पताललाई उपकरण हस्तान्तरण



काभ्रे ।  रेयूकाई एईको मासुनागा आँखा अस्पताल बनेपालाई अष्ट्रेलियन दुतावासले विभिन्न उपकरणहरु उपलब्ध गराएको छ । अष्टे«लियन राजदुत पिटर वडले अस्पतालका अध्यक्ष मधु आचार्यलाई सामाग्री हस्तान्तरण गराएका हुन् ।

‘३८ लाख ५० हजार बराबरको मुल्य रहेका सामानहरु अस्पतालका लागि उपलब्ध भएका छन्’–अस्पतालका सचिव हिरामणी शर्माले बताउनु भयो । आँखाको उपचारका लागि प्रयोगशाला, मेशिन र अप्रेसनका लागि प्रयोग हुने सामाग्री उपलब्ध गराईएको छ । अष्ट्रेलियन राजदुतावासबाट यस अघि पनि अस्पताललाई विभिन्न प्रकारका सामाग्री हस्तान्तरण गरिएको थियो । सोहि अवसरमा रोटरी क्लव अफ धुलिखेल र क्रियटिभ सहकारीको तर्फबाट अस्पताललाई ५० हजार रुपैया सहयोग गरेको थियो । कार्यक्रममा राजदुत वडले नेपाल र नेपालीका लागि हस्तान्तरण गरिएका मेशनिहरु उपयोगी हुने बताए ।

उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले नगरका नागरिकहरुको स्वास्थ्यका लागि प्रतिवद्ध रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, अस्पतालका प्रमुख डा. प्रज्ञ लुईटेल, वडा अध्यक्ष सचितानन्द केसी, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, अस्पतालका सचिव हिरामणी शर्मा लगायतले अस्पतालले पु¥याएको सेवाका बारेमा जानकारी गराएका थिए । अस्पताल उपकरण हस्तान्तरण सँगै शिक्षक तालिमको पनि उद्घाटन गरिएको थियो ।

सोहि अस्पतालमा शुक्रबार स्वंमसेविकाहरुलाई तालिम तथा पूर्व अष्ट्रेलियन राजदुत ग्लेन ह्वाईटद्वारा अस्पताल भ्रमण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्