राजधानीमा दिउँसै गोली चल्यो,१ घाइते



काठमाडौँ । राजधानीको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै गोली चलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटेरा मिलन तामाङमाथि गोली चलाएको हो । लुटपाटमा संलग्न रहेका तामाङको खुट्टामा गोली लागेको छ ।

पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । तामाङले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्दिने धम्की दिँदै आएका थिए ।

यसै शिलशिलामा खाजी भइरहेका तामाङसहित लुटपाट र गुण्डागर्दीमा संलग्न अमृत तामाङलार्इ पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घाइते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्