लुकाकु इन्टर मिलान पुगे



लन्डन, (एजेन्सी) ।
रोमेलु लुकाकु इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर इन्टर मिलान जाने पक्का भएका छन् । बेल्जियन स्ट्राइकरलाई इटालियन क्लबले ७३ मिलियन पाउन्डमा आबद्ध गर्ने भएका हुन् । एन्टोनियो कोन्टेको टोलीले लुकाकुलाई लिन निकै चासो देखाएका थिए । यसैको प्रक्रियामा यी दुई क्लबबीच बुधबार राति सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर भएको भोलिपल्ट नै लुकाकु बिहीबार बेहान इटालियन एअरपोर्टमा पुगेका थिए । २६ वर्षीय लुकाकु बुधबार राति नै मिलानमा मेडिकल चेकअपका लागि आफनो निजी जेटबाट गएका थिए । जेटमा बसेको फोटो उनले इन्स्टाग्राममा समेत राखेका थिए ।

लुकाकुले गएको दुई दिन आफ्नो पुरानो क्लब ब्रसेल्सको एन्डरलेक्टमा टे«निङ गरेका थिए । उनले प्रिमियर लिग क्लबको अनुमति विना टे«निङ गरेकाले उनलाई युनाइटेडले करिब ४० हजार पाउन्ड जरिवाना तिराएको थियो ।
लुकाकुले युनाइटेडका लागि ९६ खेल खेलेर ४२ गोल गरेका थिए ।

उनी एभर्टनबाट दुई वर्षअघि ७५ मिलियन पाउन्डमा युनाइटेडमा आबद्ध भएका थिए । उनी इन्टर मिलानमा पुगेपछि इटालियन सिरी ए क्लबमा पुग्ने तेस्रो महगो खेलाडी समेत बने । यसअगाडि युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई ९९.२ मिलियन पाउन्डमा र गोन्जालो हिग्वेनलाई ७५.३ मिलियन पाउन्डमा किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्