चिनियाँ फिल्म र कलाकारलाई ‘चाइनिज ओस्कार्स’ प्रतिबन्धित



बेइजिंग, (एजेन्सी) ।
चीनको चलचित्र नियन्त्रण निकायल ेबुधवार ‘ चाइनिज ओस्कार्स ’ नामक वार्षिक पुरुस्कार वितरण समारोहमा सहभागिता नजनाउन मुख्यभुमिका चिनिया चलचित्रहरु र कलाकारहरुलाई बुधवार आब्हान गरेको छ । चाइना फिल्म एडमिनिस्ट्रेसनले ताइवानमा आयोजना हुन लागेको गोल्डेन हर्स अवार्डस बहिष्कार गर्न लागेको हो भन्नेबारे कुनै कारण खुलाएको छैन ।

चीन र ताइवानबिच पछिल्लो समयमा देखिएको तनाव पछि चीनले यो कदम चालेको हो । चीनले अमेरिकाले ताइवानलाई अत्याधुनिक हातहतियार बिक्री गर्न राखेको प्रस्तावलाई तत्काल रद्ध गर्न आव्हान गरेको थियो ।

गत जुलाईमा चीनले अमेरिकाले एक चीन नीतिलाई पालना नगरेको भन्दै आलोचना गरेको थियो । उक्त नीति अनुसार अमेरिकाले चीनलाई मात्र मान्यता दिन्दै चीनसंग औपचारिक सम्बन्ध राख्दै ताइवानसंग कुनै सरोकारै राख्नु हुन्न । अमेरिकासंगको उक्त हातहतियार सम्झौतालाई लिएर ताइवानमाथि दवाव दिने उद्देश्यले चीनले यो निर्णय गरेको हुनुपर्ने अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकहरुको अनुमान रहेको छ ।

चिनिया भाषा बोल्ने विश्व माझ गोल्डेन हर्स अवार्डस अत्यन्तै प्रतिष्ठित मानिन्छ । यो अवार्डस आगामी २३ नोभेमवरमा ताइवानको राजधानी ताइपेइमा ओयोजित हुँदैछ । विगतमा मुख्य भुमि चीनका चलचित्र तथा कलाकारहरुले सो अवार्डस जित्ने गरेका थिए ।

तर चीनको सरकारी संचार माध्यम सिसिटिभिले बुधवार चिनियाँ चलचित्र नियन्त्रण निकायले मुख्य भुमिका चलचित्र तथा कलाकारहरुलाई ५६ औं गोल्डेन हर्स फिल्म फेष्टिभलमा भाग लिनबाट बन्चित गरिएको जनाएको छ ।
गत वर्ष त्यसमा सहभागी थुप्रै कलाकार तथा अन्य व्यक्तिले कार्यक्रमलाई राजनीतिक विचार पोख्ने थलोको रुपमा प्रयोग गरेपछि निक ैविवावाद उठेको थियो । त्यतिवेला उत्कृष्ट वृत्तचित्र अवार्ड चितेकी ताइवानी निर्देशक फु युले पुरुस्कार ग्रहण भाषणमा आफुले ताइवानलाई विश्वले स्वतन्त्र मुलुकका ेहैसियत दिने आशा राखेको बताएकी थिइन् ।

त्यसको प्रत्युत्तर व्यंगात्मक शैलीले मुख्यभुमि चीनका अभिनेता तु मेनले ‘ चाइना ताइवान ’ मा पुरुस्कृत हुन पाएकोमा गौरान्वित महशुस गरेको बताएका थिए । तु मेनको कुरा सुन्ना साथ ताइवानी राष्ट्रपति त्साइ इन्ग – वेनले भनेका थिए , ‘ ताइवानले कहिल्यै पनि ‘ चाइना , ताइवान ’ शब्दावलीलाई स्किारेको छैन । र , कहिल्यै स्विकार्ने पनि छैन किनभने ताइवान भनेको ताइवान हो ।

प्रतिक्रिया दिनुहोस्