यु १४ मा प्रतिस्पर्धा



नेपाल समाचारपत्र, काठमाडौं ।
कीर्तिपुरमा जारी विद्यालयस्तर काठमाण्डु ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गत बुधबार दोस्रो दिन १४ वर्ष मुनिका खेलमा कडा प्रतिस्पर्धा भएको छ ।
त्रिवि मेमोरियल हलमा भएको खेलमा छात्र सिंगल्सतर्फ ४ खेलाडीले तीन सेटमा र छात्रा सिंगल्समा ३ खेलाडीले कडा संघर्ष गर्दै जित हात पारेका हुन् ।

जसमा छात्रमा सेन्ट जेभियर्सका गौरव कोइरालाले मानकका विक्रम तामाङलाई ११–६, ७–११, १४–१२, ग्यालेक्सीका निकेश पोखरेलले शिक्षालयका सन्देश श्रेष्ठलाई ११–६, ८–११, ११–४, लालिगुराँसका निमा दोर्जे तामाङले सेन्ट जेभियर्सका सिरिश बोहरालाई ७–११, १२–१०, ११–७ र लिसाका सिबिक जेख्वाले कोटदेवीका चिराग भट्टलाई १२–१०, ६–११, ११–७ ले पराजित गरेका थिए ।

यस्तै छात्रातर्फ सेन्ट जेभियर्सकी समिक्षा तामाङले त्रियोगकी गरिमा पराजुलीलाई ९–११, ११–६, ११–६ ले, पाँगाकी सोफिया महर्जनले केएमसीकी उत्रिना निरौलालाई ८–११, ११–२, ११–७ ले र एक्सलसिएरकी प्रिमा गुरुङले लालिगुराँसकी खुशीयाली रामदामलाई ११–२, १०–१२, ११–९ ले हराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्