गोविन्द र सविना वर्ष खेलाडी



नेपाल समाचरपत्र, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा एपीएफका गोविन्द खत्री र महिलामा गुल्मीकी सविना श्रेष्ठलाई आईटीएफ वर्ष खेलाडी– २०७५ अवार्डबाट सम्मान गरेको छ ।

गोविन्दले आठौं राष्ट्रिय खेलकुद तथा व्यवसायिक आईटीएफ राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेका थिए । सविनाले एसिया प्यासिफिक अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो तथा सिंगापुरमा भएको आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । उत्कृष्ट प्रशिक्षकमा नेपाल आर्मीका उमेश राजथला पुरस्कृत भए ।

उनकै प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । त्यस्तै विजय श्रेष्ठले ‘आउट स्टेन्डिङ’ अवार्ड हात पारे । रोल्पा जिल्ला उत्कृष्ट संघ ठहरियो । सो अवार्ड रोल्पा जिल्लाका अध्यक्ष विक्रम पाठा मगरले ग्रहण गरे । महासंघको २२ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्