साइनोले बनायो उत्साहित



नायिका मिरुना मगरले आगामी शुक्रबारबाट अल नेपाल रिलिजमा आउने आफ्नो तेस्रो फिल्म साइनोमा आफूले पहिलेका फिल्मका तुलनामा बढी मेहनत गरेको र उत्साहत रहेको बताएकी छिन्।

धरानमा जन्मे पनि १० वर्षको उमेरदेखि बेलायतमा बसोबास गरिरहेकी मिरुनाले साइनोमार्फत नै रोधीजस्ता आफ्नो संस्कृति र असारमा धान रोप्ने चलनबारे बुझ्ने मौका पाएको खुलाइन्। ‘यूकेमा रह“दा ममीले आफ्नो संस्कृतिका बारेमा बताइरहनुहुन्थ्यो। घरभित्र नेपालीपन भए पनि बाहिर निस्केपछि माहोल नै अर्र्कै हुन्थ्यो। तर, यो फिल्ममार्फत मैले नेपाली संस्कतिलाई नजिकबाट महसुस गर्न पाए“’, राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भनिन्– ‘धान रोप्ने र हिलो खेल्न पाए“। हामीले सुटिङका लागि धान रोपकोजस्तो मात्र गरेनौं, धान रोप्न सिकेरै रोपाइ“ ग¥यौं।’ उनले प्रथम अभिनेतृ भुवन चन्दले आफूलाई साइनोमा अभिनयको प्रस्ताव राख्दा निकै खुसी लागेको मिरुनाले बताइन्।

यही फिल्मबाट नायकका रूपमा डेब्यु गरेका नायक राजकुमारले आफूले भुवन चन्दको फिल्मबाट डेब्यु गर्ने अवसर मिल्छ भन्ने कुरा कहिल्यै पनि नसोचेको बताए। ‘म एकदमै खुसी र आशावादी छु कि मैले इन्डिस्ट्रीका राम्रा मान्छेहरूलाई भेटें र काम गर्ने अवसर पाए“।’ –उनले भने। ओस्कार इन्टरनेसनल कलेजको अभिनय प्रशिक्षक रहेका राजकुमारले साइनोमा भने पुराना कलाकारहरूबाट आफूले अभिनय सिकेको बताए। ‘मैले इन्डिमामा मेरो गुरु ब्यारी जनस“ग एक्टिङ क्लास लिएर उहा“कै अनुरोधमा उहालाई केही वर्ष असिस्ट गरें। त्यसपछि मुम्बईमा बसेर ११ वर्षसम्म संघर्ष गरें। त्यस क्रममा जी टेलिभिजनको सिरियलमा अभिनय र त्यहा“को विभिन्न थिएटरमा काम पनि गरें। तर, पनि एउटा बाटो भेटेको थिइन“। नेपाल आएर भुवन म्यामलाई गड मदरको रूपमा भेटें।’ –उनले भने। ‘म स्टुडेन्टलाई एक्टिङ सिकाइरहेको हुन्छु। तर, सेटमा भने उल्टै मिरुना मगर, नीता ढुंगाना, भुवन म्यामहरूबाट सिक्ने मौका पाए“।

म सेटमा आफू एक्टिङ टिचर ह“ु भन्ने बिर्सिएर एक्टिङ स्टुडेन्टका रूपमा प्रस्तुत हुन्थें। अभिनय सिकाउनुभन्दा गर्न गाह्रो छ।’ फिल्मका निर्देशक रमेश थापाले मनस“ग मन जोड्ने फिल्मको रूपमा साइनो बनेको बताए। ‘फिल्म तामाङ बेसमा गएको छ। काठमाडौं वरिपरिका जिल्ला, जहा“ आर्यन र मंगोल मिसिएर बस्छन्। त्यहिको अन्तरजातीय प्रेमकथा हो यो। साइनोमा आर्यन र तामाङ संस्कृति समावेश छ भने समाजमा रहेको कुरीतिविरुद्धको कुरा पनि समावेश छन्।’ –उनले भने। फिल्मका अर्का कलाकार राजाराजेन्द्र पोखरेलले फिल्ममा आफू त्रिकोणात्मक प्रेमकथाको बीच–बीचमा जोडिने तथा ह“साउने भूमिकामा रहेको जानकारी गराए।

चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा मिरुना, राजकुमार र राजाराजेन्द्रका साथमा भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षत्रीलगायतका कलाकारले अभिनय गरेका छन्। शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा प्रस्तुति भुवन चन्द थापा, कोरियोग्राफी रामजी लामिछाने, छायांकन रामेश्वर कार्की र सम्पादन बनिश शाहको रहेको छ।

प्रतिक्रिया दिनुहोस्