आयुश र रिमालाई स्वर्ण



काठमाडौं, (नेस)
नेपाली खेलाडी आयुश ढुंगेल र रिमा खत्रीले मलेसियामा भएको चौथो गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

अगष्ट २ देखि ४ तारिखसम्म भएको प्रतियोगितामा आयुशले पुरुष ३८ केजीमुनि तथा रिमाले महिला ३६ केजीमुनि स्वर्ण जितेका हुन् । आयुशले व्यक्तिगत पुम्सेमा पनि थप एक कांस्य जिते । व्यक्तिगत पुम्सेमै चन्दु शाहीले पनि कांस्य जित्न सफल भइन् । महिला ३६ केजीमुनि हेमकला जिरेलले रजत जितिन् ।

प्रतिक्रिया दिनुहोस्