सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण



काठमाडौं, (नेस) ।
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्यविनायक नगरपालिका– १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पोख्रेललाई हस्तान्तरण गर्नुभयो । कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ सभाका सदस्य शशिजंग थापा तथा विद्यालयका शिक्षकशिक्षिकाको पनि उपस्थिति थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्