प्रचार प्रमुखमा दुलाल



काठमाडौं, नेसं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । २०७६ साल साउन १४ गतेको सदस्य–सचिवस्तरीय निर्णयानुसार दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो । राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे ।

यसअघिका प्रमुख सुधिरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचार प्रसार शाखामा प्रमुखको पद रिक्त थियो । नवनियुक्त प्रमुख दुलालसंग प्रचार प्रसारमै रहेर १६ वर्ष काम गरेको अनुभव छ । त्यसअघि उनले गुल्मी जिल्ला खेलकुद विकास समितिमा ३ वर्ष तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र मोरङ जिल्ला खेलकुद विकास समितिमा ५ वर्ष काम गरेको अुनभव छ ।

 

प्रतिक्रिया दिनुहोस्