पुनःनिर्माणमा सहयोगी हातहरु जुट्दै



भिमसेन मन्दिर पुनःनिर्माणका लागि आवश्यक रकम जुट्न थालेको छ ।
श्री भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले पुनःनिर्माण कार्य शुरुआत गरेसंगै विभिन्न तहबाट सहयोगहरु जुट्न थालेको हो ।

सो मन्दिर बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो ।विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थिति सो मन्दिरलाई व्यापारीहरुको इष्ट देवका रुपमा लिईन्छ ।

पुनःनिर्माणको लागि सुन लेपन बाहेक ४ करोड ९३ लाख रुपैयँ“ लाग्ने अनुमान गरिएको छ । ललितपुर उद्योग वाणिज्य संघले ‘सीड मनि’को रुपमा संघले १० लाख रुपैया“ राखेर पुनःनिर्माण कार्य शुरु गरिएको थियो । निर्माणक्रमसंगै सहयोगी हात जुट्दै गएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

अध्यक्ष महर्जनका अनुसार अहिलेसम्म बि. के. श्रेष्ठबाट १ करोड रुपैया“, ललितपुर महानगरपालिकाबाट १ करोड रुपैया“, प्रदेश सरकारबाट ५० लाख र विभिन्न दाताहरुको तर्फबाट ५० लाख रुपैया“ गरी तीन करोड रुपैया“ सकलन भइसकेको छ । त्यसैगरी मन्दिरको छानाको जिम्मा कल्याणकृष्ण ताम्रकार, दा“ची इ“टाको जिम्मा तीर्थलाल महर्जनले लिएको पनि समितिले जनाएको छ ।
‘भिन्द्योको नाममा सहयोग समर्पण गर्न पाउनु मेरो अहोभाग्य हो। भीमसेन पाटनको मात्रै नभई सम्पूर्ण व्यापारीहरुको आराध्य देव हो । यहि मन्दिरमा मेरा पिताजी (गणेशलाल श्रेष्ठ)ले आफ्नो समयमा सहयोग गरेका थिए । त्यसपछि हाम्रो परिवारले सदैव सहयोग समर्पण गर्दै आएको छ । यो समर्पण हाम्रो पुर्खौली अभिभारा पनि हो।’ दाता श्रेष्ठले भन्नुभयो ।

। भूकम्पले मन्दिरको माथिल्ला तलामा गाह्रो थाम्ने थाम, दलिन र बिम भा“च्चिएको छ । भित्ताहरू चिराचिरा परेका छन् । उत्तरपट्टि ढल्केको छ । युनेस्कोबाट आएका इटालियन विशेषज्ञले मन्दिर अत्यन्त जोखिमपूर्ण रहेको भन्दै तत्काल पुनर्निर्माण गर्न विभागलाई सुझाव दिएको थियो ।

प्राविधिक टोलीले मन्दिरका भित्तामा खतराको सूची चिन्ह लगाएको थियो । भूकम्प गएको डेढ वर्षदेखि पुनःनिर्माणका जिम्मा दिन ललितपुर उद्योग वाणिज्य संघले पुरात्तत्व विभागलाई घचघच्याउ“दै आएको थियो ।
समितिले दुई वर्षभित्र पुनःनिर्माण सकिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्