कोटेश्वर–कलंकी सडकः अझै बनेन सर्भिस ट्र्याक



sf7df8f}sf] sf]6]Zj/–snÍL rqmky ;8s v08 lkr ug]{ qmd k’/f eO;s]kl5sf] b[Zo . tl:j/ M lah’ dxh{g÷sflGtk’/

सुरेश तामाङ, काठमाडौं । कोटेश्वर–कंलकी सडक खण्ड निर्माण भएको लामो समय वितिसक्दा समेत सर्भिस ट्रयाक निर्माण भने ढिलासुस्ती हुँदै आएको छ । सडकको निर्माणसँगै सम्पन्न हुनु पर्ने सर्भिस ट्रयाक नबन्दा उक्त खण्डमा जोखिम समेत बढेको छ ।

चक्रपथको कोटेश्वर–कलंकी (१० किलोमिटर) सडक खण्ड मध्ये २ किमि खण्डमा सर्भिस ट्र्याक बन्न बाँकी छ । सर्भिस ट्र्याक बन्न ढिलाई हुँदा उक्त सडक खण्डको मुख्य सडकमा सवारी चाप बढेको छ । सर्भिस ट्रयाक नहुँदा पैदल यात्रु समेत मुख्य सडक नै प्रयोग गर्न बाँध्य भएका छन् । सवारी साधनको व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।

चत्रपथ सडक सुधार योजनाका इन्जिनियर निरन्जन शर्माले १० किमि सडक खण्ड मध्ये २ किमि खण्डमा सर्भिस ट्र्याक बन्न बाँकी रहेको बताउनुहुन्छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको भएपनि नाकाबन्दी र भूकम्पपछि भने सर्भिस ट्रयाक निर्माणको जिम्मा नेपाल सरकारले लिएको थियो ।

चीनले सरकारले गएको माघ महिनामा आफ्नो जिम्मामा रहेको सडक खण्ड विस्तार कार्य सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । भने त्यस मध्येको करिब २ किमि सडक खण्डमा सर्भिस ट्रयाकको काम विविध कारणले ढिलाई भईरहेको योजनाले जनाएको छ ।

‘बजेट अभाव, साईड क्लियर नहुनु लगायतले गर्दा ढिलाई भयो । ढिलाई भएपनि अहिले ठेक्का लागेको छ । यस आर्थिक बर्षभित्र भित्र काम सम्पन्न गर्ने दुई निर्माण कम्पनी छनौट भएको छ’, योजनाका इन्जिनियर शर्माले भन्नुभयो ।
कलंकी, ग्वार्काे, बालकुमारी, सातदोबाटो लगायत स्थानमा सर्भिस ट्रयाक निर्माणको लागि सुनकोशी र एसएल निर्माण कम्पनीलाई छनौट गरिएको उहाँले बताउनुभयो । सुनकोशीले कलंकी क्षेत्र र एसएलले बाँकी खण्डको काम गर्नेछ । उक्त निर्माण कम्पनीले सडकको साथै ढल, आकाशे पानी जाने ह्युम पाईप, पर्खालको काम गर्ने योजनाले जनाएको छ ।

‘अहिले पनि घर टहरा पसल, घरको कम्पाउण्ड वाल लगायत हट्न बाँकी छ ।’, उहाँले भन्नुभयो–‘यसमा अहिले ९५ प्रतिशत प्रगति भएको छ ।’ हाल सोही ठेक्का अन्तर्गत कलंकी खण्डमा पर्खाल लगाउने काम भईरहेको योजनाले दाबी गरेको छ । सर्भिस ट्रयाक नहुँदा हिडन नै मुस्किल भएको सातदोभाटोका स्थानीय लक्ष्मी महर्जनले भन्नुभयो,‘बन्छ बन्छ भनेको धेरै भइसक्यो, तर खै अहिलेसम्म बनेको छैन् ।’ उहाँको अनुसार सर्भिस ट्रयाक नहुँदा आवतजावत गर्न समेत कठिनाई भएको छ ।

उपत्यका काठमाडौंको नमूना सडकको रुपमा निर्माण भएपछि यस सडकमका आकाशे पुल निर्माणमा ढिलाइ नहुँदा थप जोखिम कढेको छ । त्यसैगरी सडकमा दायाँबायाँ सडक बत्तीको समेत व्यवस्था हुन सकेको छैन् । ठाउँठाउँमा आकाशे पुल नहुँदा, सडकमा रातीको समयमा सडक बत्ती नहुँदा सवारी चालक र यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाँध्य भएका छन् । सडक विभागले सडकको जिम्मेवारी लिएपनि तत्काल गर्नुपर्ने निर्माण र सुधारको काममा भने ध्यान दिन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्