चीनको स्वागत



काश्मिर समस्यामा मध्यस्थता गर्ने अमेरिकी प्रस्तावलाई चीनले स्वागत गरेको छ । हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिकी भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत पाकबीच विवादको केन्द्र रहेको काश्मिर मुद्दामा मध्यस्थताका लागि आफु तयार रहेको बताएका थिए ।

त्यसको लागि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि समर्थन रहेको बताएपछि नयाँदिल्लीले त्यसलाई अस्विरका गरेको थियो । भारत र पाकिस्तान दुबै छिमेकी भएकोले उनीहरुबीचको काश्मिर समस्याको समाधान शान्तिपुर्ण तरिकाबाट होस् भन्ने चीनको भित्री चाहना भएको चिनिया विदेशमन्त्रालयका प्रवक्ताले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्