गाउँमै उत्पादन हुने वातावरणमैत्री प्याड



मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका ११ पात्लेखेतमा ब्लोइमको फ्रन्डाले नामक संस्थाले महिनावारी भएको समयमा महिलाहरुले लगाउने वातावरणमैत्री पर्यावरणीय सेनेटरी प्याड उत्पादन शुरु गरेकोे छ ।

महिलाको पाठेघरलाई मानव सृजना गर्ने ब्रम्हाण्ड मानिन्छ । यसमा साना साना फुलहरु फुल्छन् । जुन मानवको रुपमा विकास हुन्छन् । महिलाको महिनावारी भनेको त्यहि फुल फुल्न सघाउने अति महत्वपूर्ण प्राकृतिक प्रकृया हो । तसर्थ यसलाई अति संवेदनशील भई स्वस्थ र सफा राख्नुपर्दछ । आजकल बढ्दै गइरहेको आधुनिकता र व्यस्तालाई साक्षी राख्दै महिलाहरुको छिटो र सजिलोको लागि विभिन्न रासायनिक प्याडहरु खरिद गर्दै प्रयोग गरिरहेका छन् । यसकारण महिलाहरुमा लामो तथा छिटो असरहरु जस्तै एलर्जी, रातोपना, मसिना विमिरा, इन्फेक्सन देखिँदै आइरहेको छ र महिलाको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष रुपमा नकरात्मक असर पारिरहेको छ ।

‘हाम्रो पाठेघर मन्दिर हो । हाम्रो सुन्दरता हो । यसलाई स्वस्थ राख्नुपर्दछ । केमिकल र रासायनिक मिसावट भएको प्याड सजिलो छ भनेर प्रयोग नगरौं, क्यान्सर जस्तो भयानक रोगबाट बचौं ।’

महिलाको प्रजनन अंगहरु स्वस्थ र सफा राख्न सबैभन्दा पहिला उसले लगाउने भित्रि कपडा प्याडमा विशेष ध्यान दिनुपर्छ । यसको लागि रासायनिक प्रक्रियाबाट बनेको प्याड भन्दा प्राकृतिक तरिकाबाट बनेको कपडाको प्याड अत्यन्त उपयोगी हुन्छ । तसर्थ ओरेक नेपाल र धुलिखेल नगरपालिकाको सहयोगमा ब्लोम इको फ्रेण्डली प्याड निर्माण महिला समूहले पर्यायवरणीय मैत्री प्याड (इको प्याड) निर्माण सुरु गरेको छ । यो प्याड प्राकृतिक तरिकाबाट निर्मित कपडाहरुको प्रयोगद्धारा बनाईन्छ । जुन वातावरण र महिला मैत्री छ । इको प्याड उच्च गुणस्तरीय, पैसाको बचत, स्वास्थ्यको लागि राम्रो र वातावरणमा कुनै पनि नकरात्मक असर नगर्ने सेनेटरी प्याड हो ।

इको प्याड सबैखाले उमेरका महिलाहरुले दैनिक वा महिनावारी भएका बेलामा प्रयोग गर्न सकिन्छ भने सेतो पानी बग्ने समस्या भएको महिलाहरुको लागि पनि यो अति उत्तम हुन्छ । यो प्याड आवश्यकता अनुसार विभिन्न साईज र प्रकारमा बनाइएको छ । यो प्याड एक पटक किनेपछि राम्रोसँग सफा गरेर घाममा सुकाएर प्रयोग गर्दै २ वर्ष सम्म लगाउन मिल्छ । बजारमा पाइने रासायनिक प्याड माटोमा कुहिन कम्तिमा पाँच सय वर्ष लाग्छ भने ईको प्याड छ महिनामा नै माटोमा मिल्दछ । जसले रासायनिक प्याडले पार्ने वातावरण प्रदूषणलाई अन्त्य गर्न सकिने ब्लुम इको फ्रेण्डली प्याड निर्माण समूहकी कल्पना ढकाल खत्रीले बताउनु भयो ।

प्याड एकपटक किनेपछि राम्रोसँग सफा गरेर घाममा सुकाएर प्रयोग गर्दै २ वर्ष सम्म लगाउन मिल्ने उहाँले बताउनु भयो । जसले सधै किन्नुपर्ने झन्झट र पैसाको बचत हुने उहाँले बताउनु भयो । यो नरम र सोस्ने कपडाबाट बनाएकोले कुनैपनि साइड इफेक्ट नहुने, यो प्याड पुरानो भई फाल्दा पनि माटोमा केहि महिनामै कुहिने भएकोले वातावरण मैत्री छ । अन्य रासायनिक प्याडबाट हुने वातावरण प्रदूषण जस्तो नकरात्मक असर यसले गर्दैन ।

यो प्याड एकपटक किनेपछि दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ । धुनलाई सजिलो छ र दाग बस्दैन । सुकाउनलाई सजिलो र छिटो सुक्छ । यसलाई पट्याएर रुमाल जसरी बोकेर हिँड्न सकिन्छ । इको प्याड ७ प्रकारमा उपलब्ध भएकोले आफ्नो आवश्यकता अनुसार खरीद गरी प्रयोग गर्न सकिन्छ । यो प्याड अति नरम र मुलायम कपडाबाट बनेको हुन्छ ।

उत्पादक संस्थाले भनेको छ— ‘हाम्रो पाठेघर मन्दिर हो । हाम्रो सुन्दरता हो । यसलाई स्वस्थ राख्नुपर्दछ । केमिकल र रासायनिक मिसावट भएको प्याड सजिलो छ भनेर प्रयोग नगरौं, क्यान्सर जस्तो भयानक रोगबाट बचौं ।’

प्रतिक्रिया दिनुहोस्