१ करोडको प्रचार



बाढी पहिरो अहिलेको सिजन नै हो । देशभर मौसम सक्रिय भएसंगै मुसलधारे पानीले देश जलमग्नमात्र होईन मान्छेलाई समेत सोत्तर बनाएको छ ।

हिजो आज राजधानीका कालो चस्माधारीहरुले काम पाएका छन राहत बितरण गर्र्ने नाममा सेल्फी खिचेर सामाजिक संन्जालमा हाल्ने र आईक तथा कमेन्टको अपेक्षा गर्ने ।

त्यतीमात्र कहां हो र सरकारले गर्ने काम हामीले गरेका छौं तर सरकार हामीलाई नागरिक संझदैन । राहात भन्दा बढी रात्री बसाइमा खर्च गर्ने चश्माधारीहरुको रोइलो सुनेर धरहरा तीन छक परेको छ ।

हैन १ लाखको राहत बितरण गरेर १ करोडको प्रचार खोज्नेहरुको चालामालालाई के भन्ने धरहराले अहिले सम्म सोच्न सकेको छैन । जति खर्च गरेको हो त्यतीमात्रै प्रचार खाजेको भएधरहराको पनि मन बुझ्थ्यो होला । कि कसो त पाठक बृन्द ।

प्रतिक्रिया दिनुहोस्