नालाको ठुलाचौरमा स्वास्थ्य केन्द्र



मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिका वडा नम्वर ३ ठुलाचैरमा नगर स्वास्थ्य केन्द्रको शुभारम्भ गरिएको छ । स्वास्थ्य केन्द्रको शुभारम्भ गर्दै बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले नेपाल सरकारको नीति अनुसार वनेपा नगरपालिकाले सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिन शुरु गरिएको बताउनु भयो ।

नगरका १४ वटा मध्ये ९ वटा वडामा स्वास्थ्य केन्द्र रहेको र वाँकी वडामा केहि समयमा नै शुरु गरिने नगर प्रमुख बादेले बताए । मानब जीवनको पहिलो र महत्वपुर्ण स्वास्थ्य भएकाले नगरको प्राथमिकता नगरवासिहरुको स्वास्थयमा रहेको नगर प्रमुख बादेले बताए । ‘स्वास्थ्य राम्रो भएपछि मात्रै जीवनमा अरु काम गर्न सकिन्छ, नगरले गाउँ गाउँमा जनताहरुको स्वास्थ्यको ख्याल गरी स्वास्थ्य केन्द्रको स्थापना गरेको छ’–नगर प्रमुख बादेले बताए ।

नगर स्वास्थय केन्द्र हेर्दा सानो भए पनि स्वास्थ्य सेवाका लागि महत्वपुर्ण हुने विश्वास उनले ब्यक्त गरे । नगरले स्वास्थ्य, शिक्षा, कृषि र भौतिक निर्माण तथा सडकलाई प्राथमिकतामा राखि निर्वाचनका समययमा जनता विच गरिएका प्रतिबद्धताहरु पुरा गर्न लागिएको नगर प्रमुख वादेले बताए । बादेले नगरपालिकाले विगतका वर्षबाट नगरबासिहरुको हितका लागी रेयुकाई आखाँ अस्पतालमा निशुल्क मोतिया विन्दूको अप्रेशन शुरु गरिएको, क्यान्सर सोसाईटी सगं सहकार्य गरी महिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भीक परिक्षण शुरु गरिएको जानकारी गराए ।

कार्यक्रमममा बनेपा नगरपालिकाका उप प्रमुख रेखा सापकोटा दाहालले सामान्य उपचार गर्न वडाबासीहरु शहरमा पुग्नु पर्ने समस्याको अन्त्य भएको बताईन् । ‘चाडै नै केन्द्रहरुमा विशेषज्ञहरुको ब्यबस्था गर्न नगरपालिकाले पहल गरिनेछ’–नगर उपप्रमुख सापकोटाले बताईन् । केन्द्रमा ३५ प्रकारका औषधीहरु निशुल्क वितरण हुने भएकाले स्वास्थ्य केन्द्रमा सेवा लिएर मात्र थप सुविधाका लागि अन्यत्र जान सुझाव दिईन् । विकासको पहिलो खुड्किलो स्वास्थ्य भएकाले नगरले नगरबासिको स्वास्थ्यमा ख्याल गरी स्वास्थ्य केन्द्र स्थापनामा प्राथमिकता दिएको उनले बताईन् ।

बनेपा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष कृष्णप्रसाद दाहालले भौगोलिक आबस्थाले नगरका अरु वडा भन्दा वडा नम्वर ३ विकट रहेकाले स्वास्थ केन्द्रको शुभारम्भले वडाबासिलाई ठुलो राहत पुगेको बताए । वडामा भुगोल र अबस्था हेरेर विकासका कामहरुलाई अगाडी बढाएको वडा अध्यक्ष दाहालले बताए । गत आर्थिक वर्ष २०७५÷२०७६ मा वडामा संघ, प्रदेश र वनेपा नगरपालिकावाट समेत ६ करोडको विकासको काम भएको अध्यक्ष दाहालले बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशु महिला तथा बालबालिका हरुको लागी बजेट केन्द्रित गरी अगाडी बढेकोले आगामी दिनमा पनि वडाको विकासमा प्राथमिकता अनुसार योजनाहरुको छछनौट र कार्यान्वयनमा ध्यान दिने उनले बताए ।

स्वास्थ्य केन्द्रको शुभारम्भ कार्यक्रममा नगरका प्रवक्ता तथा वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नम्वर १० का अध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुबर चौ प्रधान, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजकुमार काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

त्यसै गरी कार्यक्रममा नेकपा वडा नम्वर ३ का संयोजक रामप्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति दिवाकर दाहाल, राप्रपा नेपाल ३ नं क्षेत्रीय संयोजक भवनाथ दाहाल, नगरपालिका कार्यपालिका सदस्यहरु ईन्दिरा सार्की, ज्योति बोगटी, नन्दादेवी प्राविका प्रधानाध्यापक तुलप्रसाद दाहाल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य केन्द्रकी अहेब सविता आचार्यले स्वास्थ्य केन्द्रबाट ३५ प्रकारका निशुल्क औषधी वितरण, परिवार नियोजन, बाल रोग, खोप, सामान्य स्वास्थ्य परिक्षण लगाएतका सेवाहरु उपलब्ध रहेको आचार्यले बताईन् ।

प्रतिक्रिया दिनुहोस्