शिविरमा आक्रमण



बैंकक,(एजेन्सी)
थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा आशंकित मुश्लिम आतंककारी समूहले एउटा सैनिक शिविरमा गरेको आक्रमणमा चार व्यक्तिको मृत्यु भएको छ । मंगलवार राति अवेर पत्तानी प्रान्तको दुर्गम क्षेत्रको सो शिविरमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेको सैनिक प्रवक्ताले संचार माध्यमलाई जानकारी दिएका छन् ।

मलय मुश्लिम समूदायको बाहुल्य रहेको सुदुर दक्षिणमा पर्ने यस क्षेत्रमा १५ वर्षयता जारी द्वन्द्वमा ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । घाइते दुई व्यक्तिको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्