कृषि यन्त्रमा डोटीका किसानको आकर्षण



विमल विष्ट, डोटी ।
जिल्लामा पछिल्लो समय आधुनिक कृषि यन्त्रमा किसानहरुको आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ चुटन्, मकै छर्ने लगायतका काममा किसानहरुले आधुनिक कृषि यन्त्रहरुको प्रयोग गर्न थालेका हुन् ।

गोरु पाल्नु भन्दा खेत जोत्नका लागि आधुनिक कृषि यन्त्रहरुले सजिलो हुने भएकाले यसमा किसानको आकर्षण बढ्दै गएको शिखर नगरपालिका वडान. १ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गोरुपाल्नु भन्दा कृषि यन्त्र सजिलो र सस्तो भएका कारणले पनि किसानको आर्कषण कृषि औजार बनेको हो ।”

जिल्लाका दिपायल सिलगढी,शिखर नगरपालिका, केआईसिंह,जोरायल गाउँपालिकाहरु आफनो क्षेत्रमा रहेका किसानलाई सहुलियत दरमा कृषि यन्त्र उपलब्ध गराएपछि अहिले त्यहाँका किसानहरु प्राय कृषि यन्त्रकै सहायतामा खेती किसानी गर्नथालेका हुन् ।

गोरुले खेत जोट्नुको सट्टा पछिल्लो समयमा व्यवसायिक किसानहरुले हाते ट्याक्टर लागयतका कृषि यन्त्रले खेत जोत्न थालेका छन् ।

यसका साथै यहाँको शिखर नगरपालिका बानीकुग्रीसैन,तल्कोट लगायतका क्षेत्रमा धान गहुँ चुट्नका लागि किसानले तत्कालिन जिल्ला कृषि बिकास कार्यालय सिलगढी डोटीले प्रदान गरेको थ्रेसर मेसिनको प्रयोग गर्न थालेको स्थानिय प्रेमबहादुर बलायरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले पहिले त हामी गोरुको सहायताले खेत जोत्ने देखी गहुँ चुट्ने सम्म गथ्र्यौँ,जो अलि गाहेकाम थियो,अहिले मेसिन पाएपछि सबै काम छिटो र छरितो भएको छ ।” खेत जोत्नका लागि गोरुभन्दा कृषि यन्त्रले सजिलो हुने भएकाले ट्याक्टर मार्फत खेत जोत्नेको संख्या बढ्दै गएको स्थानियहरु बताउछन् ।

समयको पनि बचत तथा कम खर्चिलो हुने भएकाले जिल्लाका किसानहरु कृषि यन्त्र प्रति आर्कसित हुदै गएका हुन् । गोरुले एकदिनमा जोत्ने खेत हाते ट्याक्टरले दुईघण्टामा सक्ने भएकाले समय र श्रमको समेत बचत भएको जोरायल गाउँपालिका वडान. २ का किसान तुलाराम साउले जानकारी दिनुभयो ।

पछिल्लो समय यहाँका किसानले आफनै लगानीमा पनि कृषि यन्त्रहरु धमाधम किनन थालेको जोरायल गाउँपालिकावडान. ३ का वडा अध्यक्ष दीनेश मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँपालिका बाट केहीलाई कृषि यन्त्र बितरण ग¥यौँ,सबैलाई दिन सकेनौ,अहिले त अधिकांसले आफनै निजी कृषि यन्त्र किनेर खेतीपाती गर्दै आएकाछन् ।”

यहाँका नगरपालिका तथा गाउँपालिकाहरुले किसानलाई ८० प्रतिशत अनुदान कृषि यन्त्र बितरण गरेको थियो । जिल्लाको बेसी तथा सम्म मैदान भएको क्षेत्रका किसानहरुले बढीजसो कृषि यन्त्रको प्रयोग गर्ने गरिरहेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्