रुसी विमानमाथि दक्षिण कोरियाद्वारा गोली प्रहार



सोल,(एजेन्सी) ।
दक्षिण कोरियाले मंगलवार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका एउटा रुसी अनुगमन विमान माथि आफ्ना लडाकु जेट विमानहरुले चेतावनी स्वरुप गोली प्रहार गरेको जनाएको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले सो विमानले दुई पटक विवादास्पद दोकदो र ताकेसिमा टापुका हवाई क्षेत्रमा नियम उल्लंघन गरेको बताएका छन् । ति टापुको स्वामित्व माथि दक्षिण कोरिया र जापान दुवैले दावी गर्दै आइरहेका छन् ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले घटनाको सुचना पाउना साथै आफ्ना लडाकु विमानले त्यसैलाई लखेट्दै मेसिन गनबाट ३ सय ६० राउन्ड गोली चलाएको पुष्टि गरेको छ । तर रसियाले भने दक्षिण कोरियाको हवाई क्षेत्र उल्लंघन नगरेको बताएका छन् ।

मस्कोले तथस्थ जलिय क्षेत्रमा आफ्ना दुईवटा बमवर्षक लडाकु विमानले योजना अनुसार नै अभ्यास गरको बताएपनि दक्षिण कोरियाली विमानहरुबाट चेतावनी स्वरुप कुनै गोली प्रहार नभएको जनाएको छ । रसिया र दक्षिण कोरियाबिच भएको यस प्रकारको यो पहिलो घटना हो ।

दक्षिण कोरियाको सेनाले मंगलवार बिहान तीनवटा रुसी तथा दुईवटा चिनिया सैनिक विमान आफ्नो वायु क्षेत्रमा प्रवेश गरेको जनाएको छ । सेनाले दईवटा रुसी टु–९५ बमवर्षक , एउटा रुसी ए–५० सेर्भेलियन्स विमान तथा दुईवटा चिनिया एच– ६ बमवर्षक विमान देखिएको दावी गरेको छ ।
यसरी अर्काको वायु क्षेत्रमा प्रवेश गर्न अन्य विमानले आफुनो पहिचान दिनु पर्दछ । ति विमानलाई धपाउन दक्षिण कोरियाले एफ – १५ र एफ – १६ विमान प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्