भारतले छोडेमा पाकिस्तान परमाणु हतियार त्याग्न तयारः इमरान



वासिंगटन (एजेन्सी) ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतले परमाणु हतियार छोड्छ भने पाकिस्तान पनि त्यस्ता हतियार परित्याग गर्न तयार रहेको बताछन् ।
अमेरिकाको भ्रमणमा रहेका इमरान खानले फोक्स न्युजका पत्रकार ब्रेट बेयरलाई दिएको अन्तरवार्तामा उक्त कुरा बताएका हुन् । बेयरले इमरानले प्रश्न सोधे– यदि भारतले परमाणु हतियार छोड्न तयार भएको भन्छ भने पाकिस्तान पनि त्यसका लागि तयार हुन्छ ?

उक्त प्रश्नको जवाफमा इमरानले भने– हुन्छ, किनभने परमाणु युद्ध कुनै विकल्प होइन । पाकिस्तान र भारतबीच परमाणु युद्धको सोच आफैलाई बर्बाद गर्नु हो । त्यसतो किन हो भने दुई देशबीच अढाइ हजार माइल सीमा जोडिएको छ ।
दुई देशबीच परमाणु युद्धले परै उपमहाद्विपका लागि खतरनाक हुने प्रधानमन्त्री खानले बताए । गत फेब्रुअरीमा दुई देशबीच जे भयो त्यसपछि सीमामा तनाव कायम रहेको उनले बताए ।

इमरानले भने– पाकिस्तानमा एक भारतिय लडाकु विमान खसालेको थियो । यसलाई हेरेर नै मैले राष्ट्रपति ट्रम्पलाई भारत र पाकिस्तानबीच मध्यस्थता बनेर आफनो भुमिका निभाउन सक्ने भनेको थिएँ । अमेरिका विश्वको सबैभन्दा शक्तिशाली देश हो, त्यसैले उ एक मात्र देश हो जसले भारत–पाकिस्तानबीच काश्मिरमा मध्यस्थताको भुमिका निर्वाह गर्न सक्छ ।

दुई देशबीच विगत ७० बर्षमा काश्मिर नै त्यसतो मुद्दा हो जसले गर्दा एक सभ्य छिमेकीका रुपमा रहन नसकेको इमरानले बताए । बेयरले ट्रम्पको मध्यस्थताको विषयमा आएको बयानमाथि भारतको प्रतिक्रियाको पनि उल्लेख गरे । जसमा काश्मिर मामिलामा कुनै तेस्रो पक्षको आवश्यकता नभएको बताउँदै भारतले ट्रम्पको बयानलाई अस्विकार गरेको थियो ।

भारत पहिला वार्ताको टेबलमा आए भने मात्र अमेरिकाले यसमा सकारात्मक भुमिका निर्वाह गर्न सक्ने उनले बताए । प्रधानमन्त्री बनेपछि इमरान पहिलो पटक अमेरिका भ्रमणमा गएका हुन् । सोमबार दुई नेताबीच ह्वाइटहाउसमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्