अभियन्ताको हत्या



मस्को, (एजेन्सी)
रुसी शहर सेन्ट पिटर्सवर्गमा समलिंगी तथा तेश्रो लिंगी अधिकारका प्रमुख अभियन्ताको हत्या भएके छ । ४१ वर्षिया यलेना ग्रिगोरेभाको शरिरका विभिन्न स्थानमा छुरा प्रहार गरिएको तथा घाँटि थिचिएको निलो डाम भेटिएको प्रहरीले बताएको छ ।

आइतवार आफ्नो घर नजिकको झाडीमा उनको शव फेला परेको रुसी न्युज वेवसाइट फोन्टान्काले जनाएको छ । रसियामा मानव अधिकारका लागि अभियान चलाएक ैकारण लामो समयदेखि उनलाई मृत्युको धम्की आउने गरेको उनको पारिवारिक सुत्रको भनाइ रहेकाो छ । तर प्रहरीले यसलाई पुष्टि गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्